रोजगारीको खोजीमा भारत गएका सल्यान टाकुराका दुई परिवारका ९ जनाको आगलागी र सिलिन्डर विस्फोटमा परेर ज्यान गएको हो ।
काठमाडौँ — आगलागीसँगै ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका-२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको छ ।
भारतको हिमाचल प्रदेशको सोलान जिल्लाको अर्की भन्ने ठाउँमा आइतबार उक्त घटना भएको हो । राति सुतेको समयमा अचानक पसलमा आगलागी भएको र पसलमा भएका सिलिन्डर विस्फोट भएको थियो ।
घटनामा वर्ष ३३ का धनबहादुर विक, उनकी श्रीमती वर्ष ३२ की कविता विक, छोरी राधा विक, रेनुका विक, छोरा राजन विक र वर्ष ४७ का काशिराम विक, वर्ष ३२ की टीका विक, वर्ष १२ की अनु विक र वर्ष ७ का किरण विकको मृत्यु भएको आफन्त प्रेम विकले बताए ।
![9 Nepalis killed in gas cylinder explosion along with fire in Himachal, India, here is the scene [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/whatsapp-image-2026-01-13-at-60552-pm-1-copy-cover-1312026013011-1000x0.jpg&w=1001&h=0)