जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र रेणुको हस्ताक्षरमा जारी विज्ञप्तीमा यसलाई पार्टी एकीकरण भनिएको छ ।
काठमाडौँ — जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीकी सह–अध्यक्ष रेणु यादव नेतृत्वमा रहेका केन्द्रीय सदस्यहरू जसपा नेपालमा प्रवेश गरेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र रेणुको हस्ताक्षरमा जारी विज्ञप्तीमा यसलाइ पार्टी एकिकरण भनिएको छ ।
आइतबार मात्रै जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच पार्टी एकीकरण गर्ने सहमति भएको थियो ।
अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसहित दुवै पार्टीका पदाधिकारीहरूको आइतबार काठमाडौंमा बसेको संयुक्त बैठकले पार्टी एकता गर्ने निर्णय गरेको थियो । एकताको यो निर्णयलगत्तै रेणु यादव अन्य केन्द्रीय सदस्यसहित पार्टी एकीकरणमा समाहित भएकी हुन् ।
रेणु यादव २०७८ मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री र २०६५ म शिक्षामन्त्री भएकी थिइन् ।
सम्बन्धित समाचार
