जसपा नेपाल र लोसपाबीच पार्टी एकता गर्ने सहमति

अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसहित दुवै पार्टीका पदाधिकारीहरुको काठमाडौंमा आइतबार बसेको संयुक्त बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो ।

पुस १३, २०८२

कान्तिपुर संवाददाता

JSP Nepal and LOSPA agree to unify parties

काठमाडौँ — जसपा नेपाल र लोसपाबीच पार्टी एकीकरण गर्ने सहमति भएको छ । 

अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसहित दुवै पार्टीका पदाधिकारीहरुको काठमाडौंमा आइतबार बसेको संयुक्त बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो । 

'देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन तथा विश्लेषण गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, समाजिक न्यायलगायतको अग्रगामी परिवर्तनका मुद्दाहरुलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गरी जसपा, नेपाल र लोसपा नेपाल पार्टी एकीकरण गर्ने निर्णय गरियो,' जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ । 

दुई पार्टीबीच एकीकरणको निर्णयबारे बताउँदै लोसपा नेता जितेन्द्र सोनलले पार्टीको नाम के हुने, संगठनात्मक संरचना के हुने भन्नेमा थप छलफल हुने बताए । 'अहिलेको सहमतिबाट पार्टी एउटै हुने, चुनाव चिह्न एउटै हुने, सहमतिमा उम्मेदवार चयन हुने कुराको टुंगो लागेको छ,'उनले भने, 'पार्टीको नाम के हुने, संगठनात्मक संरचना के हुने भन्नेमा थप छलफल गरेर निर्णय गर्ने सहमति भएको छ ।'

JSP Nepal and LOSPA agree to unify parties

कान्तिपुर

Link copied successfully