अल खोर पार्कमा रुद्रकली र खगेन्द्रप्रसाद [तस्बिरहरु]

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका उनीहरुलाई बुधबार कार्गो विमानमार्फत कतार पठाइएको थियो ।

पुस ५, २०८२

कान्तिपुर संवाददाता

Rudrakali and Khagendra Prasad at Al Khor Park [Photos]

What you should know

दोहा,कतार — नेपाल सरकारले कतारलाई प्रदान गरेका दुई वटा हात्तीलाई नगरपालिका मन्त्रालयले 'अल खोर फेमिली पार्क एन्डु जू' मा राखेको छ । २०८१ वैशाखमा कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा हात्ती उपहार दिन गरिएको घोषणा स्वरूप दुई हात्ती बुधबार कार्गो विमानमा कतार पठाइएको थियो ।

यो उपहारले दुवै देशबीचको द्विपक्षीय सम्बन्धको गहिराई र मित्रता तथा सहकार्यका सम्बन्धलाई प्रतीकात्मक रूपमा दर्शाउने नगरपालिका मन्त्रालयले जनाएको कतारको अखबार द पेनेन्सुलाले लेखेको छ ।

एक भाले र एक पोथी गरी दुईवटै हात्ती चितवन राष्ट्रिय निकुञ्जस्थित सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएका हुन् । दुवै हात्ती गाढा खैरो रंगका छन् । पोथी हात्ती ‘रुद्रकली’ सात वर्षकी हो र त्यसको तौल १२०० केजी छ । भाले हात्ती ‘खगेन्द्रप्रसाद’ भने छ वर्षको हो र त्यसको तौल ११९० केजी छ ।

Rudrakali and Khagendra Prasad at Al Khor Park [Photos]

मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत बुधबार, डिसेम्बर १७, २०२५ को साँझ आगमनसँगै ती हात्तीहरूलाई तत्कालै अलखोर पार्कस्थित नयाँ आवासमा सारिएको जनाएको छ ।

Rudrakali and Khagendra Prasad at Al Khor Park [Photos]

विज्ञप्तिमा ती हात्ती उच्च रूपमा प्रशिक्षित छन् र वातावरण तथा सर्वसाधारणसँग सकारात्मक अन्तरक्रिया गर्न सक्षम छन्, साथै छिटो अनुकूलन हुन सक्ने क्षमता पनि छ ।

Rudrakali and Khagendra Prasad at Al Khor Park [Photos]

यसले अल खोर पार्कको शैक्षिक, पर्यटन तथा मनोरञ्जनात्मक मूल्य अभिवृद्धि गर्नुका साथै आगन्तुकलाई प्रदान गरिने समग्र अनुभवलाई अझ उकास्ने अपेक्षा गरिएको नगरपालिका मन्त्रालयले जनाएको छ । 

Rudrakali and Khagendra Prasad at Al Khor Park [Photos]

कान्तिपुर

Link copied successfully