निलम्बन गर्ने ट्रान्सपरेन्सीको निर्णयलगत्तै महान्यायाधिवक्ता भण्डारीले गरेकी थिइन् सदस्यता स्थगित गर्न पत्राचार

महान्यायधिवक्ता भण्डारीले पत्रको जवाफ नदिएपछि ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले बैठक डाकेर उनलाई साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।

मंसिर २८, २०८२

कान्तिपुर संवाददाता

Immediately after Transparency's decision to suspend, Attorney General Bhandari wrote a letter to suspend the membership.

What you should know

काठमाडौँ — ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले साधरण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेलगत्तै महान्यायधिवक्ता सविता भण्डारीले आफ्नो सदस्यता स्थगित गर्न पत्राचार गरेको खुलेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले मंसिर १७ को बैठकले निलम्बनको निर्णय गर्नुअघि नै आफूमाथि लागेका विवादका विषयमा स्पष्टीकरण दिन महान्यायधिवक्ता भण्डारीलाई पत्राचार गरेको बताए । महान्यायधिवक्ता भण्डारीले पत्रको जवाफ नदिएपछि ट्रान्सपरेन्सीको बैठकले उनलाई साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।

शर्माले सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र पारदर्शिताको वकालत गर्ने संस्थामा रहेको व्यक्तिका विषयमा विवाद जोडिएपछि आफूहरुले यसमा कदम चालेको बताए । उनले भने, 'यस्तो संस्थामा रहिसकेपछि को व्यक्ति कहाँ छ वा कुन पदमा छ भन्ने हुँदैन । महान्यायधिवक्ता जोडिएको विषय पनि यसैसँग सम्बन्धित छ ।' 

उनले सुरुमा संस्थाले आफ्नो विषय क्लियर गर्न भनेर जवाफ मागेको तर जवाफ नआएपछि कार्यसमिति वैठक बसेर साधारण सदस्यबाट निलम्बन गरिएको बताए । निलम्बनको निर्णय गरेपछि मात्रै भण्डारीले आफूलाई अहिले सदस्यमा नराख्न भनेर पत्र पठाएको शर्माको भनाइ छ ।

किशोरीको डिम्ब बेचबिखनको आरोप लागेको निजी कम्पनी ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि’ माथि मुद्दा नचलाउने निर्णय गरेपछि महान्यायधिवक्ता भण्डारी विवादमा परेकी थिइन् । ट्रान्सपरेन्सीले होपको मुद्दामा विवादास्पद निर्णय गरेको र सर्वोच्च अदालतबाट समेत उनी विरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी भएको भन्दै निलम्बन गर्ने निर्णय गरेको हो । 

सम्बन्धित अन्य समाचार 

कान्तिपुर संवाददाता

Link copied successfully