ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले गर्यो महान्यायाधिवक्ता भण्डारीलाई साधारण सदस्यबाट निलम्बन

किशोरीको डिम्ब बेचबिखनको आरोप लागेको निजी कम्पनी ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि’ माथि मुद्दा नचलाउने निर्णय गरेपछि उनी विवादमा परेकी थिइन् ।

मंसिर २८, २०८२

कान्तिपुर संवाददाता

Transparency International, Nepal suspends Attorney General Bhandari from general membership

काठमाडौँ — ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ । खेमराज रेग्मी अध्यक्ष हुँदा भण्डारी ट्रान्सपरेन्सी नेपालको कार्यसमिति उपाध्यक्ष समेत थिइन् ।

किशोरीको डिम्ब बेचबिखनको आरोप लागेको निजी कम्पनी ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि’ माथि मुद्दा नचलाउने निर्णय गरेपछि उनी विवादमा परेकी थिइन् ।

ट्रान्सपरेन्सीले होपको मुद्दामा विवादास्पद निर्णय गरेको र सर्वोच्च अदालतबाट समेत उनी विरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी भएको भन्दै उनलाइ निलम्बन गर्ने निर्णय गरेको हो । 

ट्रान्सपरेन्सी नेपालका एक पदाधिकारीले मंसिर १७ को बैठकले भण्डारीलाइ निलम्बनको निर्णय गरेको बताए ।

सम्बन्धित समाचार

होप फर्टिलिटी डिम्ब तस्करी मुद्दामा महान्यायाधिवक्ता सविता भण्डारीले गरेको निर्णय किन विवादित बन्यो ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

डिम्ब तस्करी प्रकरणमा ‘क्लिनचिट’ दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट पेस

जब महान्यायाधिवक्ता कार्यालयले नै न्यायमाथि सधैं थिचोमिचो गर्छ

कान्तिपुर

Link copied successfully