एमालेले भन्यो : बिर्सेका छैनौं हातमा आगो बोक्नेहरु

भिडियोमा जेन–जी प्रदर्शनमा जलेका अन्य संरचनाहरु पनि देखाइयो अनि भनियो– 'न बिर्सन्छौँ, हातमा आगो बोक्नेहरु, न बिर्सन्छौं प्रहरीका बन्दुक खोस्नेहरु न बिर्सन्छौँ भागेका कैदीहरु ।'

मंसिर २७, २०८२

कान्तिपुर संवाददाता

UML says: We have not forgotten those who carried fire in their hands

काठमाडौँ — भक्तपुरको सल्लाघारीमा सुरु भएको एमालेको ११औं महाधिवेशन उद्घाटनमा अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झन्डोत्तलन गरेलगत्तै भिडियो देखाइएको छ ।

उक्त भिडियोमा जेन-जी प्रर्दशनका क्रममा जलेका र आगलागी भएका सरकारी संरचनाहरु देखाउँदै त्यो दिन एमालेले बिर्सन नसक्ने बताइएको छ । भिडियोमा भनिएको छ– कामरेडहरु एकैछिन आँखा चिम्लनुहोस् जलेको हाम्रो न्यायको मन्दिर सम्झिनुहोस्, बलेको हाम्रो संसद् भवन सम्झनुहोस्, खरानी बनाइएको हाम्रो सिंहदरबार । भन्नुहोस् जलाएको सिंहदरबार, बिर्सेका छैनौं । 

भिडियोमा प्रर्दशनका जलेका अन्य संरचनाहरु पनि देखाइएको छ अनि भनिएको छ– न बिर्सन्छौँ, हातमा आगो बोक्नेहरु, न बिर्सन्छौं प्रहरीका बन्दुक खोस्नेहरु न बिर्सन्छौँ भागेका कैदीहरु । 

देशको लागि जाग्नुपर्ने भन्दै उक्त भिडियोमा ढलेको आस्था उठाउन लाग्नुपर्ने, संसद् पुनर्स्थापनाका लागि लाग्नुपर्ने र च्यातिएको संविधान मर्मत गर्न जाग्नुपर्ने भनिएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully