धनगढीमा महेश बस्नेतको विरोध गर्ने जेन-जी माथी युवा संघको हातपात

बस्नेत आउने थाह पाएपछि जेन-जी हरु सडक छेउमा प्ले कार्ड सहित विरोधमा उत्रिएका थिए ।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

Youth Association attacks Gen-G, who opposed Mahesh Basnet in Dhangadhi

काठमाडौँ — धनगढी आइपुगेका एमाले नेता महेश बस्नेतको विरोधमा उत्रिएका जेन-जीहरुलाइ युवा संघ सम्बद्ध कार्यकर्ताहरुले आक्रमण गरेका छन् ।

बस्नेत आउने थाह पाएपछि जेन-जी हरु सडक छेउमा प्ले कार्ड सहित विरोधमा उत्रिएका थिए । सम्भावित झडपको आँकलन गरेर  सुरक्षाकर्मीले विरोध गरिरहेका जेन-जी युवाहरुलाइ घेरेर सडक पेटीमा पुर्याएको थियो भने सडक खाली जस्तै देखिन्थ्यो । 

बस्नेतको स्वागतमा मोटरसाइलको लश्कर सहित हिडेका युवा संघका कार्यकर्ताहरुले जेन-जी माथी आक्रमण गरेका हुन् ।  सुरक्षाकर्मीको घेरा तोडेर युवा संघका कार्यकर्ताहरुले जेन-जी युवाहरुलाइ आक्रमण गरेको एक प्रत्यक्षदर्शीले बताए ।

प्रहरी स्रोतका अनुसार जेन-जीहरुमाथी युवा संघका कार्यक्रताले हातपात गर्दै लखेटेका थिए । त्यस क्रममा जेन-जी समुहका समुहकी सरिता जोशी लगायतलाइ चोट लागेको छ ।

सम्बन्धित समाचार 

एमाले नेता महेश बस्नेत सवार गाडीमा रातो रङ फ्याँकियो

सुर्खेतमा एमाले नेता बस्नेतविरुद्ध प्रदर्शन

कान्तिपुर

Link copied successfully