प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौँ — नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत सवार गाडीमा विराटनगरमा प्रदर्शनकारीले रातो रङ फ्याँकेका छन् ।
विराटनगर विमानस्थल परिसरबाट बाहिरिने क्रममा उनी सवार गाडीमा रङ प्रहार भएको हो । युवाहरुले बस्नेतको विरोधमा नाराबाजी पनि गरेका थिए ।
प्रहरीले विरोधमा संलग्न भएको आरोपमा सन्जोग गौतम र अर्पित कुँवरलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय लगेको छ ।
बस्नेत युवा जागरण अभियानको कार्यक्रममा सहभागी हुन इटहरीतर्फ गएको जिल्ला प्रहरी कार्यालय मोरङकी डीएसपी कोपिला चुँडालले बताइन् ।
