सुर्खेतमा एमाले नेता बस्नेतविरुद्ध प्रदर्शन

युवा संघकाे जागरण अभियानमा सहभागी हुन सुर्खेत पुगेका नेता बस्नेतविरुद्ध युवाकाे समूह नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएकाे हाे ।

मंसिर ९, २०८२

ज्योति कटुवाल

Protest against UML leader Basnet in Surkhet

सुर्खेत — सुर्खेतकाे वीरेन्द्रनगरमा एमाले नेता महेश बस्नेतविरुद्ध एक समूहले प्रदर्शन गरेकाे छ ।

पार्टीकाे भातृ संगठन राष्ट्रिय युवा संघकाे जागरण अभियानमा सहभागी हुन मंगलबार बिहान सुर्खेत पुगेका नेता बस्नेतविरुद्ध युवाहरुकाे समूह नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएकाे हाे ।    

बिहान ९ बजेतिर नेता बस्नेत बिमानस्थल पुगे लगत्तै नाराबाजी हुन थालेकाे थियाे । 

जिल्ला समन्वय समितिकाे हलमा आयाेजित युवा संघकाे कार्यक्रमलाई सम्बाेधन गर्न नेता बस्नेतसहित एमाले उपमहासचिव प्रदीप ज्ञवाली, युवा संघका अध्यक्ष क्षितिज थेबे, वकिल बमलगायत नेताहरु सुर्खेत पुगेका छन् । 

जिसस हलमा युवा संघकाे कार्यक्रम चलेकाे छ भने वीरेन्द्रनगर नगरपालिका अगाडि नाराबाजी भइरहेकाे छ ।

एमालेले पनि युवाकाे ठूलाे समूह भेला गराएकाे छ भने स्थानीय प्रशासनले बाहिर बाक्लाे संख्यामा सुरक्षाकर्मी परिचालन गरेकाे छ । 

ज्योति कटुवाल कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully