यसको पहिलो पेसी विहिबार तोकिएको छ ।
काठमाडौँ — पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लगायतको पासपोर्ट र स्थान हद विरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ ।
अदालतका अनुसार प्रेम सिलवालले पेश गरेको गरेको रिट दर्ता भएको हो । यसको पहिलो पेसी विहिबार तोकिएको छ ।
जेन-जी आन्दोलन दमनबारे जाँचबुझ गर्न आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको थियो । आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखकका अलवा, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्वसीडीओ छवि रिजालको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको थियो ।
आयोगको निर्णयमा भनिएको छ, ‘भाद्र २३ र २४ गतेका घटनाहरुको छानबिन तथा जाँचबुझको सिलसिलामा तपसिल बमोजिमका व्यक्तिहरु अनुसन्धानको दायरामा रहेको हुँदा निजहरुको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्नहुन तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनु पर्ने हुँदा आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने ।’
