पूर्वप्रधानमन्त्री ओली, गृहमन्त्री लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस 

आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्वसीडीओ छवि रिजालको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको हो ।

आश्विन १२, २०८२

दुर्गा दुलाल

Recommendation to freeze the passports of five people including former Prime Minister Oli, Home Minister and writer

काठमाडौँ — जेन-जी आन्दोलन दमनबारे जाँचबुझ गर्न आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको छ ।

आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्वसीडीओ छवि रिजालको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको हो ।

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले थप जनशक्ति आवश्यक भएको भन्दै गृह मन्त्रालयसँग माग गर्ने निर्णय गरेको जानकारी दिए ।

‘भाद्र २३ र २४ गतेका घटनाहरुको छानबिन तथा जाँचबुझको सिलसिलामा तपसिल बमोजिमका व्यक्तिहरु अनुसन्धानको दायरामा रहेको हुँदा निजहरुको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्नहुन तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनु पर्ने हुँदा आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने’ आयोगको निर्णयमा भनिएको छ । यो सँगै हिजो मात्र पत्रकार सम्मेलन गरेर हा हुको सरकारले भनेकै भरमा विदेश नजाने चेतावनी दिएका केपी शर्मा ओलीले अब आयोगको अनुमतिबिना काठमाडौं उपत्यका बाहिरसमेत जान नपाउने भएका छन् 

 Recommendation to freeze the passports of five people including former Prime Minister Oli, Home Minister and writer

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully