सुन तस्करीका आरोपित पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको हो ।

आश्विन २६, २०८२

कान्तिपुर संवाददाता

Former speaker Krishna Bahadur Mahara arrested for gold smuggling

काठमाडौँ — सुन तस्करीका आरोपित पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको हो । गत वर्षको ९ चैतमा उनलाइ जिल्ला सरकारी वकिलको कार्यलयले स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर आरोपित महरालाई अनुसन्धानका लागि बोलाएका बेला उपस्थित हुने गरी छोराको जिम्मा लगाइएको थियो । 

Former speaker Krishna Bahadur Mahara arrested for gold smuggling

चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख महरामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । विद्युतीय चुरोट (भेप)मा लुकाएर ३ वर्षअघि सुन तस्करी गराएको प्रकरणमा प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट सिलसिलेवार रुपमा उन्मुक्ति पाएका महरामाथि अख्तियारले अनुसन्धान अघि बढाएको हो । महरासँग सुन तस्करी प्रकरणमा अख्तियारले बिहीबार टंगालस्थित कार्यालयमा बोलाएर बयान लिएको थियो । 

भेपमा लुकाएर सुन तस्करी गराएको आरोपमा महरा २०७९ मै अनुसन्धानमा तानिएका थिए । तर, सत्ता–शक्ति आडमा उनीमाथि मुद्दा चलेको थिएन । 

अनुसन्धान र अभियोजनमा संलग्न स्रोतका अनुसार कृष्णबहादुरको छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले किटान गरेर प्रतिवेदन तयार पारिसकेको छ । सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेका थिए । त्यही बेला महराको अर्का छोरा राहुलसँग २८ पटक फोन सम्पर्क भएको देखिन्छ ।

८ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबु–छोरा संलग्न भएको भनेर प्रहरीको सीआईबीको प्रतिवेदनमा टेलिफोन नम्बरसहित किटान गरिएको छ । इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक लुईसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबु–छोराले उनलाई सहयोग पुर्‍याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको कुरा पनि सीआईबीको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार सुन ल्याउने मात्र होइन, भन्सारमा रोकिएपछि त्यहींबाट शक्तिको दुरुपयोग गरी उक्त सुन लिलाम गरी बिक्री गर्नेसम्मको योजना थियो ।Former speaker Krishna Bahadur Mahara arrested for gold smuggling

२०६२/६३ को राजनीतिक परिवर्तनपछि माओवादी शान्ति प्रक्रियामा आएसँगै महरा ४ पटक सांसद र ६ पटक मन्त्री तथा एक पटक सभामुख बनेका थिए । त्यसभन्दा अघि पनि उनी विवादमा परेका थिए । 

उनीमाथी संसद सचिवालयकी एक कर्मचारीमाथि यौन शोषणको अभियोग लागेको थियो । त्यसैका कारण २०७६ असोज १४ मा उनले पदबाट राजीनामा दिएका थिए । 

भेप भित्र ९ किलो सुन लुकाएर ल्याउने प्रकरण के हो ? 

चिनियाँ नागरिक ली हानसोङ २०७९ पुस १० मा फ्लाई दुबईको उडानबाट आउँदा भेपको ७३ बट्टामा ७ सय ३० थानमा करिब ९ केजी सुन लुकाएर ल्याएका थिए । भेप जाँचपासका क्रममा शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थल भन्सार गोदाममा राखेर थप अनुसन्धान अघि बढेको थियो ।

सामान करिब डेढ महिना भन्सार गोदाममै थन्किएको थियो । त्यहीबीच केही कर्मचारीलाई हातमा लिएर गिरोहले भन्सारमा सुन रहेका भेप उम्काएर बजारबाट किनेर ल्याएर फेरबदल गरेको थियो । सामान साटफेर हुनुअघि सुन भएको भेप छुटाउन महरा बाबु–छोराले कर्मचारी, गिरोहका सदस्य र बिचौलियासँग पटक–पटक टेलिफोन संवाद गरेको तथ्य अनुसन्धानबाट खुलिसकेको छ ।

भन्सारले नियन्त्रणमा लिएका भेप लिलामी प्रक्रियामा लैजान सुरसार गरेपछि गिरोहकै एक व्यक्ति आएर ‘यो खास किसिमको भेप हो, हामी आफैं सकार्छौं’ भनेपछि भन्सार प्रमुख अरुण पोखरेलले थप सोधपुछ र अनुसन्धान गर्दा मात्रै त्यसमा सुन लुकाएर ल्याइएको तथ्य खुलेको थियो । तर, त्यो बेलासम्म गिरोहले सुन भएको भेप फुत्काएर अरू नै भेप गोदाममा राखेको पोल खुल्यो ।

त्यसपछि मात्रै पोखरेलले यसमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिएका थिए । ब्युरोको अनुसन्धानपछि मात्रै यो प्रकरणमा चिनियाँ गिरोहले भेपका नाममा भित्रिएको सुन छुटाउन महरा बाबु–छोरा परिचालन गरेको पोल खुलेको थियो ।

सम्बन्धित अन्य समाचार 

सुन तस्करसँग पूर्वसभामुख महराको २२ र छोराको २३४ पटक फोन संवाद

भेपमा मात्रै होइन, सुन तस्करीका अरु प्रकरणमा पनि महराको भूमिका शंकास्पद

कान्तिपुर

Link copied successfully