'फौजदारी कसुरमा संग्लनलाई सरकारी संयन्त्रबाट अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन'

आयोगका सदस्य विज्ञानराज शर्माले मंगलबार विज्ञप्ति प्रकाशित गरी उक्त घटनामा संलग्नलाई सरकारी संयन्त्रहरुबाट अनुसन्धान र कारबाही गर्न सकिने जनाएका हुन् ।

आश्विन २१, २०८२

कान्तिपुर संवाददाता

”There is no need to wait for the report of the commission to investigate and take action on the involvement in criminal offences”

What you should know

काठमाडौँ — भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले फौजदारी कसुरमा संलग्न जोकोहीलाई तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने प्रस्ट पारेको छ ।

आयोगका सदस्य विज्ञानराज शर्माले मंगलबार विज्ञप्ति प्रकाशित गरी उक्त घटनामा संलग्नलाई सरकारी संयन्त्रहरुबाट अनुसन्धान र कारबाही गर्न सकिने जनाएका हुन् । 

प्राप्त कार्यादेशविपरीत गृह मन्त्रालयले असोज ९ मा जारी गरेको विज्ञप्तिप्रतिसमेत आयोगले ध्यानाकर्षण भएको जनाएको छ । 'यस आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने समेतका कार्यादेश रहेको हुँदा आयोगबाट सो कार्यादेशबमोजिम रायसहितका प्रतिवेदन प्राप्त भएपश्चात् नेपाल सरकारले कानुनबमोजिम गर्ने भन्ने गृह मन्त्रालयबाट २०८२/०६/०९ गते जारी विज्ञप्तिप्रति आयोगको ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा उल्लेख छ । 

गृह मन्त्रालयले असोज ९ गते विज्ञप्ति जारी गरेर जाँचबुझ आयोगको प्रतिवेदन आएपछि मात्रै कारबाही गर्नु र तत्काल पक्राउ तथा अन्य कानुनी कारबाही तथा पक्राउ नगर्नु भनेको थियो । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले पनि सोमबार कान्तिपुरसँग कुरा गर्दै भदौ २३ र २४ गते भएका फौजदारी कानुन आकर्षित हुने घटनाको छानबिन नियमित कानुनी प्रक्रियामा जान अवरोध नपुग्ने बताएका थिए ।

”There is no need to wait for the report of the commission to investigate and take action on the involvement in criminal offences”

कान्तिपुर संवाददाता

Link copied successfully