एमाले अखिलले बालेन शाह र सुदन गुरुङविरुद्ध जाहेरी दिने

अनेरास्ववियुका महासचिव दीपक धामीले जाहेरी लिएर आजै प्रहरी परिसर काठमाडौं जान लागेको बताए ।

आश्विन २१, २०८२

सुदीप कैनी

UML Akhil will file a complaint against Balen Shah and Sudan Gurung

काठमाडौँ — एमालेनिकट अनेरास्ववियुले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाह र हामी नेपाली संस्था अध्यक्ष तथा जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिने भएको छ । 

अनेरास्ववियुका महासचिव दीपक धामीले जाहेरी लिएर आजै प्रहरी परिसर काठमाडौं जान लागेको बताए । ‘लुटपाट, आगजनी, प्रहरी हत्या गरेको आरोपमा कारबाहीका लागि जाहेरी दिन लागेका हौं,’ उनले भने ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully