Live

लाइभ अपडेट : के छ मुख्य राजमार्गको खबर ?

पहिरोलगायत विभिन्न कारणले मुख्य राजमार्ग घन्टौंसम्म अवरुद्ध भइरहेका छन् । हामीले देशभरका मुख्य राजमार्गको छिनछिनको लाइभ अपडेट दिनेछौं ।

आश्विन ८, २०८२

कान्तिपुर संवाददाता

Live update: What is the news of the main highway?

18 Updates

(01:28 PM)

लमजुङमा रास्वपा उम्मेदवार केसी जितनजिक

लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार धर्मराज केसी जित नजिक देखिएका छन् । लमजुङको ७ पालिका र बेंसीसहर नगरपालिका १ देखि ६ सम्मको मतगणना भइसक्दा उनी नजिकका प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मतले अघि छन् । अब बेंसीसहर नगरपालिका ७ देखि ११ सम्मको मतगणना बाँकी छ ।

६६ हजार ९ सय ७५ मत गणना हुँदा रास्वपा उम्मेदवार केसीले २९ हजार ३ सय ५९ मत ल्याएका छन् । नेपाली कांग्रेसका गमप्रसाद गुरुङले १५ हजार १ सय ६०, नेकपा (एमाले) का पृथ्वीसुब्बा गुरुङले १५ हजार १ सय र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार हरिजङ तामाङले ३ हजार ५४ मत ल्याएका छन् । -आश गुरुङ 

(10:59 PM)

खुल्यो नारायणगढ-मुग्लिन सडक 

नारयणगढ-मुग्लिन सडकस्थित तुइन खोला नजिकै झरेको पहिरो पन्छाएसँगै बिहीबार रातिबाट सवारी आवागमन सञ्चालन भएको छ । सडक डिभिजन भरतपुरका अनुसार मंगलबार दिउँसो पहिरो खसेसँगै यातायात आवागमन ठप्प बनेको थियो ।

नारायणगढ मुग्लिन सडकमा राति पीने ११ बजेबाट दोहरै गाडी चल्न सुरू भएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिएका छन् ।

Narayangadh-Muglin road opened

(10:24 PM)

तुइनखोलाको पहिरो हटाइयो, मुग्लिन-नारायणगढ सडकमा आजै रातिदेखि गाडी चलाउने तयारी

चितवन । तुइनखोलामा गएको मुख्य पहिरो बिहीबार राति साढे ९ बजेतिर सफा गरिएको छ । पहिरो हटाउन डिभिजन सडक कार्यालयलाई लगभग ५३ घण्टा लाग्यो ।

भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले मुख्य पहिरो हटाए पनि छेउछाउको माटो ढुंगा सफा भइरहेको बताए । आजै रातिबाट दोहोरो गाडी चलाउने उद्देश्यले पहिरोग्रस्त क्षेत्रका सबै अवरोध सफा गरिरहेको उनले बताए । राति ११ बजे आसपासमा गाडी चलाउने तयारी छ ।

मंगलबार दिउँसो पाँच बजेतिर ठूलो पहिरो झरेपछि यो सडक अवरूद्ध थियो । मुग्लिनदेखि साढे दुई किलोमिटर पर नारायणगढतर्फ रहेको तुइनखोलामा गत शुक्रबार साँझदेखि पहिरो गएका कारण यो सडक यसअघि नै लगातार ४५ घण्टा ठप्प भएको थियो । मंगलबार गएको पहिरो बुधबार बिहानदेखि पहिरो सफा गर्न सुरू भएको थियो ।

The Tuinkhola landslide has been cleared, the Muglin-Narayangadh road is ready to drive from tonight

(08:36 PM)

बत्ती बालेर पन्छाइँदै छ, तुइनख‍ोलाको पहिरो

रात परे पनि तुइनखोलाको पहिरो हटाउने क्रम जारी छ । चितवन जिल्ला प्रहरी कार्यालयले भीरबाट ढुंगा खस्ने समस्याका बाबाजुद बत्ती बालेर पहिरो पन्छाइरहेको जानकारी गराएको छ ।

भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले अब बढीमा दुई घण्टाभित्र पहिरो सफा हुने र सकेसम्म आजै गाडी खुलाउने बताए । नाारायणगढ-मुग्लिन सडकको मुग्लिन नजिक तुइनखोलामा मंगलबार साँझ ५ बजेतिर ठूलो पहिरो गएपछि हालसम्म सो सडक ठप्प भएको छ ।

The lights are being turned aside, the Tuinkhola landslide

(02:38 PM)

६० प्रतिशत पन्छाइयो पहिरो 

मुग्लीन- नारायणगढ सडक खण्डको तुइन खोला नजिकै झरेको पहिरो पन्छाउनको दुवै तर्फबाट काम भइरहेको भौतिक योजना तथा पुर्वाधार मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले नारायणगढ तर्फबाट १ वटा एक्साभेटर, १ वटा  लोडर र मुग्लिन तर्फबाट २ वटा लोडर १ वटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । 

मन्त्रालयका अनुसार दुवैतर्फ १/१ वटा ब्याक लोडर तैनाथ अवस्थामा छन् । काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एकपटकमा दुवै तर्फबाट कुल ५ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले अहिलेसम्म ६० प्रतिशत पहिरो पन्छाउने काम भइसकेको जनाएको छ । 

(02:04 PM)

तुइन खोलाको पहिरो रातीसम्म खोल्ने गरी काम भइरहेको छ : कुलमान 

भौतिक पुर्वाधार मन्त्री कुलमान घिसिङले शुक्रबार मन्त्रालयका आयोजित पत्रकार सम्मेलनमा तुइन खोलाको पहिरो रातीसम्म हटाउने गरी काम भइरहेको बताएका छन् ।

उनले पहिरो हटाउन सम्भव भएकसम्मको उपकरण परिचालन गरिएको बताउँदै भने, 'आज राती पानी परेन भने रातीसम्म सडक खोल्ने गरी काम भइरहेको छ ।' उनले काठमाडौंबाट बाहिरिने अन्य राजमार्गहरुमा समस्या नभएका बताउँदै बैकल्पिक मार्ग प्रयोग गर्न पनि आग्रह गरे । 

Work is being done to open the landslide of Tuin River till night: Kulman

(10:08 AM)

बागलुङ-कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन

पहिरोले अवरुद्ध बनेको बागलुङ-बलेवा-कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालनमा आएको छ । वर्षाका कारण सडक भाँसिएपछि अवरुद्ध बनेको उक्त सडक बुधबारदेखि सञ्चालनमा आएको हो । बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो जाँदा करिब १०० मिटर सडक भाँसिएको थियो । गत असारदेखि बन्द भएको सडक खुलाउनका लागि डोजरसहितका उपकरण प्रयोग गरिएको थियो ।

सडक अवरुद्ध हुँदा बागलुङ नगरपालिका-१० गलुवा, भकुण्डे, वडा नं १३ पैयुँपाटा, वडा नं १२ को अमलाचौरसहित दक्षिण बागलुङका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको थियो । बलेवा क्षेत्रबाट २० मिनेटमा सदरमुकाम बागलुङ बजार पुग्न सकिनेमा पहिरोका कारण दुई घण्टाको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । 

(09:40 AM)

पहिरोका कारण देशभर पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।

त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट सडकखण्ड र रुकुम पूर्वको भूमे गाउँपालिका-४ स्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए। उनका अनुसार नवलपरासी पूर्वस्थित पूव-पश्चिम राजमार्ग, बाग्लुङस्थित कालिगण्डकी करिडोर, रसुवास्थित त्रिशुली-मैलुङ सडक एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् ।  

Five highways across the country were completely blocked due to landslides

(09:38 AM)

बीपी राजमार्गमा कुनै अवरोध छैन : सडक विभाग

नारायणगढ-मुग्लिन सडक पहिरोका कारण अवरुद्ध भएपनि पूर्वी नेपाल जाने अर्को बीपी राजमार्गमा भने कुनै अवरोध छैन। दसैंमा उपत्यकाबाट बाहिरिने  सवारीको चाप बढी भएपनि राजमार्ग अवरुद्ध नरहेको सडक विभागका प्रवक्ता प्रभात कुमार झाले बताए ।

गतवर्षको बाढीका कारण क्षत्‌विक्षत् बनेको यो राजमार्ग अझै बनेको छैन। तर दसैंमा यो सडक भएर दैनिक १० हजार बढी सवारी साधन बाहिरिने गरेका छन्। 

(08:51 AM)

तुइन खोला पहिरो : पहिरो पन्छाउन धेरै उपकरण प्रयोग गर्न नपाउँदा ढिलाइ

नारायणगढ-मुग्लिन सडकको मुग्लिन नजिक तुइनख‍ोलामा खसेको पहिरो सफा गर्न भरतपुरको डिभिजन सडक कार्यालयले आज बिहीबार बिहानैदेखि पाँचवटा मेसिन प्रयोग गरिरहेको छ ।

पहिरो खसेपछि मंगलबार दिउँसो पाँच बजेदेखि यो सडक ठप्प छ । हिजो बुधबार साँझपख पानी परेपछि राति अबेरसम्म काम गर्न नसकेका कारण आज पनि बाटो खुल्ने, नखुल्ने निश्चित छैन । पहिरो गएको ठाउँ साँधुरो भएका कारण धेरै मेसिनहरू उपयोग गर्न नसकिएको डिभिजन सडक कार्यालयका सुचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले बताए । 

Tuin River Landslide: Delays due to lack of equipment to remove landslides

(08:04 AM)

सिद्धार्थ राजमार्गमा सवारी साधनको चाप

सिद्धार्थ राजमार्गमा अहिले सवारी साधनको चाप छ।

मुग्लिङ-नारायणगढ सडक खण्ड अवरोध भएपछि पूर्व, पश्चिम जाने सवारी पोखराबाट स्याङ्जा हुँदै बुटवल निस्किने भएकाले ठूला तथा साना सवारीको चाप बढेको हो। 

(06:48 AM)

दसैंको मुखमा ठाउँ-ठाउँमा पहिरो, त्रासमा यात्रा

दसैं मनाउन घर जानेक्रम बढिरहेकै बेला वर्षाले ठाउँ–ठाउँमा सडकलाई क्षति गर्दा यात्रा सकसपूर्ण बनिरहेको छ ।

काठमाडौं उपत्यकाबाट अधिक संख्यामा यात्रु बाहिरिने नागढुंगा–नारायणगढ सडकमा पहिरोले अवरोध गर्दा यात्रु अलपत्र परिरहेका छन् । सवारी चाप बढी हुने पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको दाउन्नेमा पानी पर्नासाथ आउजाउमा समस्या हुने गरेको छ ।

विमल खतिवडाको यो रिपोर्ट विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुहोस्।

Landslides in places in the face of Dasain, traveling in fear

(11:16 PM)

मलेखु-मुग्लिन सडक खण्डअन्तर्गत घोप्टेभीर र जवाङ खोलामा पहिरो खस्दा सवारी आवागमन ठप्प

मलेखु-मुग्लिन सडक खण्डअन्तर्गत घोप्टेभीर र जवाङ खोलामा बुधबार राति पहिरो खस्दा सवारी आवागमन ठप्प बनेको छ । पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको आयोजनाले जनाएको छ ।

(07:35 PM)

मुग्लिन नारायणगढ सडक खण्डमा प्रहरीको नि:शुल्क बस

तुइनखोलाको पहिरोका कारण बीच सडकमै अलपत्र परेका यात्रु र पहिरो छलेर पैदलै आएका यात्रुहरुको उद्धारका लागि प्रहरीले नि:शुल्क बस सञ्चालन ल्याएको छ । अलपत्र परेकाहरुको उद्धारका लागि प्रहरी स्कुलको बस नि:शुल्क रुपमा उपलब्ध गराइएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए ।

(07:21 PM)

तुइनखोलाको पहिरोपछि अवरुद्ध सवारी साधनमा मालवहाक गाडी

तुइन खोलाको पहिरोपछि नारायणगढ मुग्लिन सडक खण्डमा करिब एक हजार मालवाहक सवारीसाधनहरु अलपत्र परेका छन् ।यात्रुवहाक सवारी साधन वैकल्पिक रुटबाट आउजाउ गरेसँगै उक्त सडक खण्डमा करिब एक हजार मालवहाक सवारी रोकिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए । पूर्वी तराईबाट दैनिक उपभोग्य वस्तु बोकेर काठमाडौंका लागि छुटेका मालवहाक सवारी साधन चितवनका विभिन्न सडक खण्डमा अलपत्र परेका हुन् । 

A cargo vehicle in a stalled vehicle after the Tuinkhola landslide
चितवनको तुइनखोलामा पहिरो जाँदा थुनिएका ट्रकको लस्कर । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर

(06:58 PM)

वैकल्पिक मार्गबाट यातायात सञ्चालन

तुइन खोलाको पहिरोपछि वैकल्पिक रुटबाट यात्रुवाहक सवारीसधान आउजाउ गरिरहेका छन् । पश्चिम जाने सवारी साधनका लागि मुग्लिन पोखरा हुँदै जान इलाका प्रहरी मुग्लिनले आग्रह गरेको छ । पूर्वमा महोत्तरीको बर्दिवास र पश्चिममा रूपन्देहीको बुटवलबाटै वैकल्पिक मार्ग अपनाउन मंगलबार साँझै चितवन प्रशासनले अपिल गरेको थियो । त्यसैगरी मकवानपुरको हेटौंडा, नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती र गैंडाकोट, तनहुँको खैरेनीटार र धादिङको नौबिसेबाट वैकल्पिक रूट अपनाउन प्रशासनले सूचनामा जारी गरेसँगै त्यस अनुसार यात्रुवाहक सवारीसाधन आवतजावत गरिरहेका छन् । 

Traffic operation via alternative routes

(06:29 PM)

मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आउन मुस्किल 

सडक विभागका अनुसार मुग्लिन-नारायणगढ सडक खण्डको तुइनखोलामा गएको पहिरो पन्छाएर भोलिसम्म पनि सडक पूर्ण रुपमा सञ्चालनमा आउने सम्भावना कम छ । पहिरो पन्छाउने काममा खटिएका एक कर्मचारीका अनुसार १ सय ५० मिटरभन्दा लामो पहिरो पन्छाउने काम भइरहेको छ । विभागका अनुसार रातिको समयमा पहिरो पन्छाउने जोखिमपूर्ण बन्दै गएको छ । विभागका ती कर्मचारीले भने, 'पहिरो खसेको ठाउँबाट बेला बेला ढुंगा खस्ने क्रम जारी छ ।' 

(06:19 PM)

ठप्प छ मुग्लिन-नारायणगढ सडक खण्ड

शुक्रबार साँझ साढे ६ बजेतिर मुग्लिन-नारायणगढ सडक खण्डको तुइनखोलामा गएको पहिरोका कारण अवरुद्ध भएको सडक अझै पनि पूर्ण रुपमा सञ्चालनमा आइसकेको छैन । मंगलबार दिउँसो त्यही ठाउँमा ठूलो पहिरो खसेपछि यो सडक खण्ड पूर्ण रुपमा ठप्प छ । सडक विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार पहिरो गएको दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । सडक पूर्ण रुपमा सुरु नहुन्जेलका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सडक विभागले अनुरोध गरेको छ । मंगलबार दिउँसोदेखि बन्द भएको मुख्य राजमार्ग बुधबार साँझ यो समाचार तयार पार्दासम्म खुल्न सकेको छैन । 

Muglin-Narayangadh road section is blocked

कान्तिपुर

Link copied successfully