बुधबारदेखि काम सुरु गरेको राजश्व महाशाखाले सूचना प्रविधि शाखाको कार्यकक्षबाट कामकाज सुरु गरेको महाशाखा प्रमुख मनोज कर्णले बताए ।
पर्सा — २४ भदौमा जलाइएको वीरगन्ज महानगरपालिकाको कार्यालयले भग्नावेशको खरानी टक्टकाएर जेनतेन सेवा संचालनमा ल्याएको छ । वीरगन्ज महानगरले आगजनी भएको भोलिपल्टबाटै सरसफाईको सेवा संचालनमा ल्याइसकेको थियो ।
बुधबारदेखि काम सुरु गरेको राजश्व महाशाखाले सूचना प्रविधि शाखाको कार्यकक्षबाट कामकाज सुरु गरेको महाशाखा प्रमुख मनोज कर्णले बताए । उनले भने, ‘राजश्व महाशाखाको मूल रेकर्ड सबै ध्वस्त भएको छ, अब वडा कार्यालयहरुबाट तथ्यांक मागेर नया“ रेकर्ड तयार पार्दै छौं ।’ लेखा शाखाको काम सुरक्षित आप्रवासन सामी परियोजनाको कार्यकक्षमबाट गत बिहीबारबाटै सुरु गरिएको थियो । प्रशासन, पञ्जीकरण, आर्थिक विकास, कृषि, वन तथा वातावरण, नक्सालगायतका काम सोमबारबाट सुरु गरिएको थियो । उपमेयर इम्तियाज आलमको कार्यकक्ष माथि रहेको नगर प्रहरीको आवास कक्षमा आर्थिक, कृषि, वन, वातावरणलगायतका महाशाखा सञ्चालनमा ल्याइएको उनले बताए । कर्मचारीको तलब खुवाउने कामलाई प्राथमिकतामा राखिएको र सम्भवतः बिहीबारसम्म सबै कर्मचारीले तलब पाइसक्ने उनले बताए ।
प्रदर्शनका क्रममा वीरगन्ज महानगरपालिका कार्यालयमा गरिएको तोडफोड, आगजनी र लुटपाटबाट १ अर्ब १५ करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । उक्त प्र्रदर्शनपछि सम्पन्न नगरपरिषद् बैठकमा प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले प्रतिवेदन प्रस्तुत गर्दै उक्त अनुमानित क्षतिबारे उल्लखे गरेका थिए । महानगरका चार वटा वडा कार्यालय र केही स्वास्थ्य संस्थामा पनि तोडफोड र आगजनी गरिए पनि क्षतिको विवरण अझै आइसकेको छैन । आगजनीबाट महानगर कार्यालय परिसरमा राखिएका एक एम्बुलेन्ससहित १७ थान चार चक्के सवारी र ९ मोटरसाइकल जलेर नष्ट भएका छन् । आगजनीबाट महानगरको मूल भवन र प्रमुख प्रशासकीय अधिकृतको आवास रहेको अर्को भवन समेत काम नलाग्ने गरी जीर्ण भएकाले दुवै भवन ‘डिस्पोज’ गर्नुपर्ने अवस्थामा पुगेको छ । बचेका अन्य तीन भवनबाट सबै बिभागको काम भइरहेको छ ।
अन्य महानगरको अवस्था के छ ? सम्बन्धित समाचार
