चाडबाड आयो : यसपालि नि नारायणगढ-बुटवल यात्रा सहज होला कि उस्तै सास्ती खेप्नुपर्ने हो ?

नारायणगढ-बुटवल सडक योजनाको दाबी : विगतमा जस्तो सास्ती हुने छैन, दाउन्नेबाहेक अन्य खण्डमा समस्या छैन,त्यहाँ पनि समस्या नहुनेगरी काम भइरहेको छ ।

भाद्र १६, २०८२

विमल खतिवडा

Festivals are here: Will the journey from Narayangarh-Butwal be easy this year or will we have to suffer the same?

What you should know

काठमाडौँ — दसैं आउन अब धेरै दिन बाँकी छैन । तर, ७ वर्षअघि विस्तार थालिएको नारायणगढ–बुटवल सडकको काम भने अझै सकिएको छैन । यसको विस्तार थालेयता ६ वटा दसैं–तिहार सकिए, काम भने अझै सकिएन । अघिपछि भन्दा चाडबाडका बेला यस सडक खण्ड भएर गुड्ने सवारी चाप बढी हुन्छ । जसले गर्दा यात्रुले चाडबाडका बेला घर जान सास्ती खेप्नुको विकल्प छैन । 

त्यसो भए आउँदै गरेको चाडबाडमा घर जाने यात्रुले यो पटकचाहिँ सास्ती खेप्नु पर्छ कि पर्दैन ? भन्ने प्रश्नमा आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकाल भन्छन्, ‘विगतमा जस्तो सास्ती हुने छैन, दाउन्नेबाहेक अन्य खण्डमा समस्या छैन,त्यहाँ पनि समस्या नहुनेगरी काम भइरहेको छ ।’ 

२०७५ चैतमा ठेक्का सम्झौता भएअनुसार यसको काम २०७९ साउनभित्र सकिसक्नुपर्ने थियो । तर, कोभिड–१९ र निर्माण सामग्री अभावको कारण देखाएर पहिलो पटक २०८० साउन ११ सम्मका लागि म्याद थप त भयो, तर उक्त समयभित्र पनि काम सकिएन । दोस्रो पटक २०८१ साउन ८ सम्म म्याद थप गरियो, काम सकिएन । 

Festivals are here: Will the journey from Narayangarh-Butwal be easy this year or will we have to suffer the same?तेस्रो पटक २०८२ साउन ८ सम्मका लागि म्याद थप गरियो, तर काम बाँकी नै रह्यो । ७ वर्षमा निर्माण प्रगति ७१ प्रतिशत पुग्दा फेरि चौथो पटक ०८३ असार २४ सम्म म्याद थप गरिएको छ । त्यसो भए चौथो पटक थपेको समयमा काम सकिन्छ त ? भन्ने प्रश्नमा प्रमुख ढकाल भन्छन्–सकिन्छ, अब दाउन्नेको ९ किमिमा मात्र समस्या हो, ढलानको काम भइरहेको छ, कालोपत्रको काम बर्खा लगत्तै सुरु हुन्छ ।’   

१ सय १३ किलोमिटर दूरी रहेको सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का गरिएको छ । ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ । आयोजनाका अनुसार १ सय १३ किमिमध्ये १ सय ४ किमि कालोपत्र भइसकेको छ । त्यस्तै ८० किमि दुईतर्फी नै कालोपत्र भइसकेको प्रमुख ढकालले बताए । 

Festivals are here: Will the journey from Narayangarh-Butwal be easy this year or will we have to suffer the same?‘अब ९ किमि खण्डमा मात्र कालोपत्र र ढलान गर्न बाँकी छ,’ उनले भने, ‘अहिले दाउन्नेमा ढलानको काम भइरहेको छ,बर्खाले गर्दा केही समस्या भएको हो, दसैंपछि यस खण्डमा सहज हुने छ ।’ दाउन्नेमा अझै पाँचवटा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले बर्खाअघि समस्या हुने भएर सडक नभत्काइएको र बर्खालगत्तै उक्त काम सुरु हुने उनको भनाइ छ ।

चाडबाडमा मेसिन सडकमा तैनाथ राखेर सवारी आवागमन सहज बनाइने आयोजनाले जनायो । यस खण्ड भएर दैनिक साना ठूला गरेर करिब १० देखि १५ हजार सवारी साधन ओहरदोहर गर्छन । ‘चाडबाडका बेला यो संख्या अझ बढी हुन्छ,’ उनले भने, ‘त्यहीअनुसार चाडबाडमा सडक सहज गर्ने गरी नै काम गरेका छौं ।’  

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully