आज देश दुनियाँमा के-के भयो ? 

थाइल्यान्डमा आयोजित तेक्वान्दो प्रतियोगितामा रुकुम पश्चिमका एक बालकले दोस्रो स्थान हासिल गरेका छन् । बाँफिकोट गाउँपालिका–३ दह स्थायी ठेगाना भई हाल घोराहीमा बस्ने वर्ष १२ का शुभम् केसीले आठौं हिरोज अन्तराष्ट्रिय प्रतियोगितामा २६ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उक्त स्थान हासिल गरेका हुन् ।

श्रावण २९, २०८२

कान्तिपुर संवाददाता

What happened in the world today?

What you should know

काठमाडौँ — मल अभावबारे सांसदको प्रश्न - 'तालुक मन्त्रालय के हेरेर बसेको छ ?', पर्यटन विभागका निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर, अब सामाजिक सञ्जालमार्फत गरिने 'लक्षित अनलाइन विज्ञापन'मा कर लाग्ने, स्वतन्त्रता दिवसमा पाकिस्तानी प्रधानमन्त्रीले गरे नयाँ 'रकेट फोर्स'को घोषणादेखि रुकुमका शुभम् केसी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दोस्रोसम्मका समाचार चर्चामा रहे । 

०००

प्रतिनिधिसभा बैठकमा सांसदहरुले खेतीको सिजनमै मल अभाव भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको बैठकमा बोल्ने अधिकांश सांसदले मलको विषय उठाए । उनीहरुले सरकार र मन्त्रालय के हेरेर बसिरहेको छ भनी प्रश्न गरेका छन् । सत्ता पक्ष र प्रतिपक्ष दुवैतर्फका सांसदहरुले मलका विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । 

०००

पर्यटन विभागका निर्देशक सचिन्द्रकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विभागका निर्देशक सीडीई यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । यादवविरुद्ध ९६ लाख ८५ हजार ५ सय ५३ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना तथा स्रोत नखुलेको सम्पत्तिबाट बढे/बढाइएको जायजेथा पनि जफतको मागदाबी लिइएको छ ।

०००

सरकारले लक्षित अनलाइन विज्ञापन सेवा अर्थात टार्गेटेड अनलाइन एड्भर्टाइजिङलाई करको दायरा ल्याएको छ । यससँगै नेपालमा स्थायी कार्यालय नभएका फेसबुक, गुगल, टिकटकजस्ता विदेशी सूचना प्रविधि कम्पनीहरू (गैर-बासिन्दा व्यक्ति) ले नेपालमा प्रदान गर्ने विद्युतीय सेवामा कर लगाउने नीतिलाई थप स्पष्ट पारिएको ‍छ ।  

०००

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले ७८ औं स्वतन्त्रता दिवसमा नयाँ आर्मी रकेट फोर्स बनाउने घोषणा गरेका छन् । इस्लामावादको जिन्ना ग्राउन्डमा आयोजित समारोहमा शरीफले भने, ‘अत्याधुनिक प्रविधियुक्त यो फोर्स हर दिशामा दुश्मनविरुद्ध निशाना लगाउन सक्षम हुनेछ ।’ बीबीसी उर्दुका अनुसार उनले नयाँ फोर्स पारम्परिक युद्ध क्षमतालाई अझ मजबुत बनाउन गइरहेको दाबी गरेका छन् । 

०००

थाइल्यान्डमा आयोजित तेक्वान्दो प्रतियोगितामा रुकुम पश्चिमका एक बालकले दोस्रो स्थान हासिल गरेका छन् । बाँफिकोट गाउँपालिका–३ दह स्थायी ठेगाना भई हाल घोराहीमा बस्ने वर्ष १२ का शुभम् केसीले आठौं हिरोज अन्तराष्ट्रिय प्रतियोगितामा २६ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उक्त स्थान हासिल गरेका हुन् । 

कान्तिपुर संवाददाता

Link copied successfully