स्वतन्त्रता दिवसमा पाकिस्तानी प्रधानमन्त्रीले गरे नयाँ ‘रकेट फोर्स’को घोषणा

कश्मिरमा मुस्लिमलाई अधिकार दिलाउने र समस्या समाधानका लागि ट्रम्पले भूमिका लेख्ने विश्वास व्यक्त ।

श्रावण २९, २०८२

एजेन्सी

The Prime Minister of Pakistan announced the new 'Rocket Force' on Independence Day

इस्लामावाद — पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले ७८ औं स्वतन्त्रता दिवसमा नयाँ आर्मी रकेट फोर्स बनाउने घोषणा गरेका छन् ।

इस्लामावादको जिन्ना ग्राउन्डमा आयोजित समारोहमा शरीफले भने, ‘अत्याधुनिक प्रविधियुक्त यो फोर्स हर दिशामा दुश्मनविरुद्ध निशाना लगाउन सक्षम हुनेछ ।’

बीबीसी उर्दुका अनुसार उनले नयाँ फोर्स पारम्परिक युद्ध क्षमतालाई अझ मजबुत बनाउन गइरहेको दाबी गरेका छन् । शहबाजले पाकिस्तानको परमाणु शक्ति आक्रामक मानसिकताका लागि नभएको भन्दै भारतीय परमाणु क्षमताविरुद्ध रक्षा पंक्तिलाई बलियो बनाउनका लागि विकसित गरिएको बताएका छन् । 

यस्तै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आभार व्यक्त गर्दै युद्धविरामका लागि सकारात्मक भूमिका निभाएको दाबी गरेका छन् । ट्रम्प संयुक्त राष्ट्रको प्रस्ताव र यस क्षेत्रमा स्थायी शान्ति स्थापनाको माग अनुसार कश्मिर विषयलाई समाधान गर्न योगदान दिने आशा व्यक्त गरेका छन् । 

यस्तै उनले प्यालेस्टिनी र कश्मिरी मुस्लिमलाई अधिकार प्राप्त नहुँदासम्म पाकिस्तान नैतिक कुटनीतिक र राजनीतिक समर्थन दिइराख्ने बताएका छन् । 

यद्यपि भारतले पाकिस्तानसँगको संघर्ष विराममा ट्रम्पको कुनै भूमिका नरहेको स्पष्ट पारेको छ । यता कश्मिरमा कुनै हस्तक्षेप स्वीकार नहुने भारतले पटक–पटक बताउँदै आएको छ । 

एजेन्सी

Link copied successfully