गभर्नर सिफारिस समितिको बैठक जारी

जेष्ठ ६, २०८२

कान्तिपुर संवाददाता

Governor's Recommendation Committee meeting continues

काठमाडौँ — अर्थ मन्त्रालयमा गभर्नर छनोट सिफारिस समितिको बैठक सुरु भएको छ । झन्डै दुई महिनादेखि कांग्रेस र एमाले गभर्नर नियुक्तिमा उल्झिएका बेला अर्थमन्त्री पौडेलले सिफारिस समितिको बैठक बोलाएका हुन् ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिको सिफारिस समिति खारेज गरेर पुनः नयाँ समिति गठन गरेको थियो । अर्थमन्त्री पौडेलको संयोजकत्वमा गठित नयाँ समितिमा पूर्वगभर्नरमध्येबाट महाप्रसाद अधिकारी र विज्ञ सदस्यमा पोषराज पाण्डे रहेका छन् ।

कांग्रेस र एमालेबीच विश्व पौडेललाई गभर्नर बनाउने सहमति भएको भनिएको छ । सोहीकारण पौडेलले समितिबाट राजीनामा दिइसकेका छन् । गत चैत २५ गते देखि राष्ट बैंकमा गभर्नर पद खाली छ । कामु गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई दिइएको छ ।

कान्तिपुर

Link copied successfully