प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, होला त गभर्नर नियुक्ति ?

जेष्ठ ६, २०८२

कान्तिपुर संवाददाता

Prime Minister Oli called a meeting of the Council of Ministers, maybe the appointment of a governor?

काठमाडौँ — गभर्नर नियुक्तिको विषयलाई लिएर सत्तारूढ कांग्रेस र एमालेबीच विवाद भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । 

प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार छलफल भएपछि मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।  सोमबार देउवा भेट्न बालुवाटार नआएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक स्थगित गरेका थिए ।

नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिमा भइरहेको ढिलाइले सत्तारुढ कांग्रेस– एमालेका शीर्ष नेताहरूबीचमै अविश्वास गहिरिएको छ । गभर्नर नियुक्ति गर्ने भनिएको सोमबारको मन्त्रिपरिषद् बैठक नै प्रधानमन्त्री ओलीले स्थगित गरिदिएपछि कांग्रेस सभापति देउवा असन्तुष्ट भएका छन् । उनी प्रधानमन्त्रीले बोलाउँदा पनि सोमबार बालुवाटार गएनन् ।

गभर्नर नियुक्तिको प्रक्रियामा चरम राजनीति गरेका दुई दलका शीर्ष नेताहरू दुई महिनादेखि यही विषयमा अल्झिएका छन् । ढिलो गरी चैत ११ मा गभर्नर सिफारिस समिति गठन भए पनि अहिलेसम्म एक पटक पनि बैठक बसेको छैन । बरु समिति नै दुई पटक पुनर्गठन भएको छ ।

पछिल्लो पटक एक साताअघि योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका विश्व पौडेललाई गभर्नर बनाउन कांग्रेसले गरेको प्रस्तावअनुसार सोमबारसम्म सिफारिस समितिको बैठक बस्ने र मन्त्रिपरिषद्ले नियुक्त गर्ने कांग्रेसको विश्वास थियो । तर, साँझ ६ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठकअघि गभर्नर नियुक्तिकै विषयमा छलफल गर्न भन्दै ओलीले देउवालाई बालुवाटार बोलाएका थिए ।

गभर्नर नियुक्ति

कान्तिपुर

Link copied successfully