काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त लीली थापाले कोभिड महामारीपश्चात ठप्प भएको नेपालको अर्थतन्त्र धान्ने महिला रहेको बताएकी छन् ।
कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी म्यागाजिनद्वारा आयोजित ‘निर्भिक नारी’ को पाँचौ संस्करणमा बोल्दै उनले वर्ल्ड बैंकको तथ्यांकलाई उजागर गरेकी हुन् ।
उनले तथ्यांकमा बोल्दै ४५ प्रतिशत अर्थतन्त्र साना व्यवसाय (स्माल माइक्राे इन्टरप्रेनर )ले धानेको बताइन् । उनले भनिन्, ‘कोभिड महामारीको समय २०१९ देखि २०२१ सम्म ठप्प भएको नेपालको अर्थतन्त्र उकास्न महिलाहरुको योगदान छ, जसले साना व्यवसायमार्फत अर्थतन्त्र अगाडि बढेको थियो । ’
उनले महिलाहरुले चुनौती र अवरोधलाई चिरेर अगाडि बढ्न सकेमा समुदायलाई नै अगाडि बढाउने पुलको रुपमा स्थापित गर्न सक्ने बताइन्
