अग्रज, साथी र परिवारले जुन रुपमा चिन्नुहुन्छ त्यही नै मेरो परिचय हो : रामकुमारी झाँक्री

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

My name is Ramkumari Jhankri as you are known by your elders, friends and family

काठमाडौँ — पूर्व सहरी विकास मन्त्री एंव नेकपा समाजवादीकी नेता रामकुमारी झाँक्रीले आफूलाई अग्रज, साथी र परिवार तथा आफन्तले चिन्ने परिचय नै आफ्नो परिचय भएको बताएकी छन् । 

कान्तिपुर मिडिया ग्रुपको नारी म्यागजिनले बुधबार आयोजना गरेको पाँचौं संस्करणको ‘निर्भिक नारी : नेतृत्वमा नारी शक्ति’ कार्यक्रममा उनले यस्तो बताएकी हुन् । 

‘मलाई आजभन्दा तीन दशक अगाडि नै सामाजिक चेत थियो । त्यो आफ्नो प्रतिबद्धतामा म जसरी लागेँ,’ कार्यक्रमको पहिलो सत्र ‘अदृश्य अवरोध’ मा उनले भनिन्, ‘यद्यपि सफलता असफलता भन्ने सापेक्षित हुन्छन् । यसैको दौरानमा मेरो अग्रज, साथी र आफन्तले जसरी मलाई चिन्नु र बुझ्नुहुन्छ त्यही नै मेरो परिचय हो ।’

उनले आर्थिक अवस्था भौतिक कुरा भएकाले आफ्नो बाल्यकाल सामान्य तरिकाले बितेको समेत स्मरण गरिन् । ‘म हाइस्कुलसम्म मट्टितेल बालेर पढेको, सदरमुकाम तीन दिन लगाएर पुगेको,’ उनले भनिन्, ‘उमेरअनुसार ढाकरमा भारी बोकेर हिँडेको, कक्षामा ६ पुगेपछि खुट्टाले चप्पल देखेको, सहरमा आएपछि जुत्ता देखेको हो ।’ यी अवस्थाबाट आएको नेपाली युवा र यसको परिवर्तनका लागि राजनीतिमा आएको समेत उनले बताइन् ।

निर्भिक नारी

कान्तिपुर

Link copied successfully