आमाको संघर्षबाट प्रेरित छु : पूर्वराजदूत शेर्पा

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

Inspired by my mother's struggle: Former ambassador Sherpa

काठमाडौँ — स्पेनका लागि पूर्वराजदूत दावा फुटी शेर्पाले आमाको संघर्षबाट प्रेरित भएको बताएकी छन् ।

स्पेनका लागि पूर्वराजदूत दावा फुटी शेर्पाले आफ्नो जीवनको संघर्ष र आमाको संघर्षलाई साझा गर्दै भनिन्र, '३२ वर्षअघि, मेरो आमा पासाङलाह्मु शेर्पा सगरमाथा चढ्दा म सानै थिएँ, त्यसैले मैले उहाको संघर्ष सिधै देखिनँ' निर्भिक नारीको पाँचौं संस्करणको पहिलो सत्र ‘अदृश्य अवरोध’ शीर्षकको बहसमा बोल्दै उनले थपिन, 'तर जब उहाँको बारेमा फिल्म बन्यो—'पासाङ : इन द स्याडो अफ एभरेष्ट'—त्यतिबेला महिला क्लाइम्बरहरूले फिल्म हेरेपछि भने, उनीहरूले आमाको र हाम्रो कथा उस्तै रहेछ भने। यसो सुनेर दु:ख लागेको थियो, ३२ वर्षपछि पनि उहाहरूले यसो रिलेट गर्नुहुन्छ ।'

उनी थप्छिन्, 'उहाँले कहिल्यै पढ्न पाउनु भएन । तर उहाको सपना ठूलो थियो र त्यसको लागि उनले थुप्रै चुनौतीहरूको सामना गर्नुपर्यो । त्यतिबेला धेरैले ’उहाँ प्रफेसनल क्लाइम्बर होइन । तर मेरी आमाले आफूलाई चुनौती दिँदै सगरमाथा चढ्न सफल भइन् । '

दावाले आफ्नो अनुभव पनि साझा गर्दै भनिन्, 'जब मैले एम्बेसडरको रूपमा नियुक्ति पाएको थिएँ, कतिले भने कि तपाईंसग अनुभव छैन । मैले दुई वर्ष स्पेनमा काम गरेपछि, केहीले अझै पनि मलाई यस्तो गरे भने अझै राम्रो हुन्थ्यो भनेर सुझाव दिए ।' उनका अनुसार, 'यदि मेरो स्थानमा पुरुष भएको भए, यस्ता टिप्पणीहरू आउने थिएनन्।'

उनले आमाको संघर्षबाट प्रेरणा लिएर आफ्नो यात्रामा अघि बढिरहेकाले नयाँ चुनौतीहरूको सामना गर्नका लागि तयार रहेको बताइन् । 'मेरो आमाको जस्तै चुनौतीहरू नहुन सक्छन्, तर नयाँ चुनौतीहरू थपिएका छन्।'

निर्भिक नारी

कान्तिपुर

Link copied successfully