काठमाडौँ — देवयानी इन्टरनेसनलकी ट्रेनिङ र डेभलपमेन्ट हेड रोजिना राउतले महिलालाई नेतृत्वमा स्वीकार गर्न सबैलाई गाह्रो हुने बताएकी छिन् ।
कान्तिपुर मिडिया ग्रुपको नारी म्यागजिनले बुधबार आयोजना गरेको पाँचौं संस्करणको ‘निर्भिक नारी : नेतृत्वमा नारी शक्ति’ कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
आफूलाई म्यानेजरको रुपमा देख्दा महिला/पुरुष दुवैलाई स्वीकार गर्न गाह्रो भएको बताउँदै महिला नेतृत्वमा विश्वासको कमी भएको उनले बताएकी हुन् ।
राउत भन्छिन्, ‘आफूसँगै काम गर्ने महिला, म्यानेजर भइ भनेर हेप्ने, नपत्याउने धेरै थिए । मेरो कामप्रति अविश्वास गर्ने पनि थिए । मैले ८० प्रतिशत महिलाहरुलाई लिएर काम गरिरहेको छु । महिलाको लागि अदृश्य अवरोध भनेको उनीहरु पनि नेतृत्वमा आउन सक्छन् भन्ने विश्वास र स्विकारोक्ति नभएको देखेको छु । उहाँहरुलाई नाइट ड्युटी गर्न गाह्रो हुने, होटल रेष्टुरेन्टमा काम गर्ने महिलालाई गाह्रो हुने जस्ता समस्या पनि रहेका छन् ।
त्यस्तै, उनले जेनजी प्रेरित हुन सक्ने महिला कार्यक्षेत्रमा नभएको पनि बताएकी छिन् । आफ्नो पुस्ताको महिला नेतृत्वमा आउन नसकेकाले जेनजीको रोलमोडल नभएको बताउँदै भन्छिन्, ‘हाम्रो लागि बोल्दिने कोही भएन । जेनजीलाई प्ररित र प्रभावित गर्ने मिलेनियल छैनन् ।
