काठमाडौँ — महिलाका विभिन्न विषयहरुलाई उजागर गर्नका लागि ‘निर्भीक नारी’ सञ्चालन गरिएको नारी मासिककी सम्पादक उपासना घिमिरेले बताइन् ।
विगतका संस्करणमा नारी समानता, समावेशीताकाबारे बहस गरिसकेको निर्भिक नारीको पाँचौ संस्करणमा महिलाहरुले भोगिरहेको अदृश्य अवरोध, महिला स्वतन्त्रता, कूटनीतिज्ञका कुरा देखि किशोरावस्थाका भावनालाई समेट्ने प्रयास गरेकोे उनले बताइन् ।
‘अहिले पनि नेपाली महिलाहरुले सामाजिक, सांस्कृतिक जस्ता विभेदहरु भोग्दै आएका छन् , अदृश्य अवरोध पनि यथावत छ,' उनले भनिन्, ‘महिला सशक्तीकरणका लागि निर्भिक नारीले विविध पक्षहरुलाई उजागर गर्ने प्रयास गरेको छ । ’
