कश्मीर आतंकवादी आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

वैशाख १०, २०८२

कान्तिपुर संवाददाता

Nepal has strongly condemned the terrorist attack in Kashmir

काठमाडौँ — जम्मू–कश्मीरमा २७ जनाको ज्यान जानेगरी मंगलबार भएको आतंकवादी आक्रमणको नेपालले निन्दा गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मू–कश्मीरको पलगाममा भएको आतंकवादी आक्रमणको कडा निन्दा गरेका हुन् । 

जहाँ एक जना नेपालीसहित २७ जनाको मृत्यु भएको छ । प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीले आतंकवादविरुद्धको लडाइँमा भारतसँग दृढ ऐक्यबद्धता जनाउँदै यस्ता सबै किसिमका आतङ्कवादी कार्यहरूको कडा निन्दा गरेका हुन्।

ओलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘पहलगाममा भएको आतङ्कवादी आक्रमणमा परेका सबैप्रति गहिरो समवेदना प्रकट गर्दछौं। नेपालले भारतसँग दृढ ऐक्यबद्धता जनाउँछ र सबै किसिमका आतङ्कवादी कार्यहरूको कडा निन्दा गर्दछ।’

उनले थपेका छन्,‘आक्रमणमा नेपाली नागरिक परेको आशङ्कासम्बन्धी रिपोर्टहरूका बारेमा नेपाल सरकार भारतीय पक्षसँग समन्वयमा रहेको छ।पीडितमध्ये एक नेपाली नागरिक हुन सक्ने रिपोर्टबारे प्रमाणीत गर्न नजिकबाट समन्वय भइरहेको छ र आवश्यक सम्पूर्ण सहायता उपलब्ध गराइनेछ ।

मंगलबार चार/पाँच जनाको समूहमा आएका आतंकवादीले त्यहाँ रहेका पर्यटकको धर्म सोधेर गोली प्रहार गरेका थिए । नाम र धर्म नबताउनेको पाइन्टसमेत खोलेर चेक गरिएको आक्रमणका घाइतेहरुले बताएका छन् । 

कान्तिपुर

Link copied successfully