गभर्नर विवादको रिट सर्वाेच्चमा दाेस्राे दिन पनि 'हेर्न नभ्याइने'मा

वैशाख ८, २०८२

कान्तिपुर संवाददाता

The governor's writ of dispute was not sent to the Supreme Court even on the second day

काठमाडौँ — गभर्नर नियुक्तिको चर्चा चलेकै भरमा सर्वोच्च अदालतमा परेको रिट दोस्रो दिन पनि हेर्न नभ्याइने भएको छ । न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा परेको मुद्दा हेर्न नभ्याइने मा परेको हो ।

सरकारले गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रोकीपाउन ‘प्रतिषेध मिश्रित परमादेश’ माग गरी शुक्रबार पूरक रिट पेस गरेका थिए ।

यसअघि अधिवक्ताद्वय उप्रेती र थापाले ‘अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकाय (राष्ट्र बैंकसमेत) का पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ (दोस्रो संशोधन) मार्फत ६५ वर्ष उमेर पार गरेका व्यक्तिलाई समेत पदाधिकारी र सदस्य नियुक्त गर्न मिल्ने गरी भएको संशोधन खारेजीको माग गर्दै रिट दायर गरेका थिए ।

गभर्नर नियुक्ति

कान्तिपुर

Link copied successfully