बिहानैदेखि काठमाडौंको वायु प्रदुषण चुलिँदो

चैत्र २६, २०८१

कान्तिपुर संवाददाता

Kathmandu's air pollution has been burning since morning

काठमाडौँ — काठमाडौंको हावा मंगलबार बिहानैदेखि प्रदुषित बनेको छ । मंगलबार बिहान ७ः४५ मा काठमाडौंको वायु गुणस्तर २६१ एक्यूआई (एयर क्वालिटी इन्डेक्स) थियो । जुन बढेर ८ः४५ मा २७९ एक्यूआई पुगेको छ । यो भनेको वायु गुणस्तरको ‘निकै अस्वस्थ’ तह हो । 

काठमाडौंको वायु गुणस्तर २७९ एक्यूआई पुगेसँगै विश्वकै प्रदुषित सहर बनेको छ । यसैगरी १८४ एक्यूआई अंकसहित विश्वकै दोस्रो प्रदुषित सहर भारतको दिल्ली बनेको छ । तेस्रो प्रदुषित सहर भने पाकिस्तानको राजधानी लाहोर रहेको छ । लाहोरको १८१ एक्यूआई रहेको छ । 

Kathmandu's air pollution has been burning since morning

दुई सातादेखि काठमाडौंको हावा प्रदुषित भइरहेको छ । वातावरण तथा प्रदुषण विद्हरूका अनुसार  २०७७ सालपछिको काठमाडौंको हावा लगातार प्रदुषित भएको हो ।

यसमा सरकारले वायु प्रदुषण नियन्त्रण तथा न्यूनिकरण गर्न वातावरण विभागले अनुरोध गरेको छ । यसका लागि विभागले घरायसी ठोस फोहोर नबाल्न, कृषि अवशेष नजलाउन, उद्योगमा स्वच्छ उर्जाको प्रयोग गर्न र सडक तथा निर्माण कार्यबाट उड्ने धूलो नियन्त्रण गर्न अनुरोध गरेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully