संसद‍्‍मा चर्कियो कुलमान हटाएको विषय, प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

The issue of removal of Kulman became heated in the Parliament, the meeting of the House of Representatives was adjourned till Thursday

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको विषय संघीय संसद्का दुवै सदनमा चर्किएको छ । कुलमान-बर्खास्तीबारे प्रधानमन्त्रीले स्पष्ट जवाफ नदिएसम्म सदन चल्न नदिने भन्दै विपक्षी दलहरूले अवरोध गरेका छन् । 

निरन्तरको अवरोधपछि प्रतिनिधिसभा बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।  विपक्षी दलहरूले बैठक अवरोध गरेपछि सुरुमा आधा घण्टाका लागि बैठक स्थगित गरिएको थियो ।

उक्त समयमा पनि बैठक सुरु हुन नसकेपछि संघीय संसद्‍का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गरी ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका थिए । विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेका हुन् । बुधबार बिहान ११ बजेका लागि बोलाएको बैठक ढिला गरी सुरु भएकोमा सुरुवातमै विपक्षी दलहरूले उठेर विरोध जनाएका थिए।

The issue of removal of Kulman became heated in the Parliament, the meeting of the House of Representatives was adjourned till Thursdayत्यसपछि सभामुख देवराज घिमिरेले नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतलाई बोल्ने समय दिएका थिए । सांसद बस्नेतले परिवर्तित परिस्थितिप्रति सरकार बेखबर भएर स्वार्थ समूह एवं विचौलियाको हितमा लागि परेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाएको बताए।

विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभा सञ्चालनका लागि वातावरण बनाउन सभामुख घिमिरेले सांसदलाई आग्रह गरेका थिए । रुलिङको वातावरण नभएको पनि उनले बताएका थिए । 

विधिसम्मत ढंगबाट सहयोग नभएसम्म सभा सञ्चालन हुन नसक्ने सभामुख घिमिरेले सांसदहरूलाई जानकारी गराए । मागहरूप्रति ध्यानाकर्षण भएको बताएका थिए । पटक-पटक आसन ग्रहण गरेर सभा सञ्चालनका लागि वातावरण बनाउन सभामुख घिमिरेले आग्रह गरे पनि विपक्षी दलले भने निरन्तर अवरोध गरिरहे । 

कान्तिपुर संवाददाता

Link copied successfully