सरकारले बिचौलियाको स्वार्थमा घिसिङलाई हटायो : माओवादी 

चैत्र १२, २०८१

कान्तिपुर संवाददाता

The government removed Ghising in the middleman's interest: Maoists

काठमाडौँ — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णइ आपत्तिजनक रहेको प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको ठहर छ । 

माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले मंगलबार एक विज्ञप्ति जारी गर्दै घिसिङलाई हटाउने सरकारको निर्णयमा प्रश्न उठाएका हुन् । माओवादीले कुशल प्रशासकमाथि मनोवैज्ञानिक त्रास फैलाउनका लागि चालिएको कदम भएको भनेको छ ।

'नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक छ । बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त हो,' माओवादीले भनेको छ, 'यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास सिर्जना गर्ने उद्देश्यले गरिएको छ ।'

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावमा घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । 

घिसिङलाई हटाउन माओवादीले समर्थन गरेको भन्ने प्रचारमा कुनै सत्यता नभएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । 

The government removed Ghising in the middleman's interest: Maoists

कान्तिपुर

Link copied successfully