बिचौलिया संरक्षणको श्रृंखलाअन्तर्गत सरकारले घिसिङलाई बर्खास्त गरेको रास्वपाको निष्कर्ष

चैत्र १२, २०८१

कान्तिपुर संवाददाता

The RSVP concluded that Ghisingh was fired by the government under a series of intermediary protections

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्नुको कारण सरकारले बिचौलिया संरक्षणको श्रृंखलाअन्तर्गत भएको निष्कर्ष निकालेको छ ।

रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले मंगलबार विज्ञप्ति जारी गर्दै घिसिङलाई बर्खास्त गर्ने निर्णयको विरोध गरेका हुन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । 'दैनिक १८ घण्टासम्म लोडसेडिङको मार खेपिरहेका नेपाली जनतालाई अँध्यारोको सकसबाट मुक्त गर्न मुख्य भूमिका निभाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बदनियतपूर्वक बर्खास्त गरेको समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको ध्यानाकर्षण भएको छ । 

विद्युत प्राधिकरणलाई वित्तीय सुदृढीकरणको बाटोमा लैजान प्रयासरत राष्ट्रसेवकलाई बक्यौता रकम उठाउन नदिने हेतु सरकारका तर्फबाट भए गरेका दुष्प्रयास र बिचौलियाहरूको संरक्षणको श्रृंखलाअन्तर्गत नै घिसिङमाथि कारबाही गरिएको रास्वपाको निष्कर्ष छ,' विज्ञप्तिमा उल्लेख छ ।

संविधानले नचिन्ने दुई दलीय संयन्त्रसमेतको सहमतिमा घिसिङलाई कारबाही गरिएको रास्वपाको ठहर छ । 'यस्ता जनविरोधी कदमबाट देशमा केही गरौं भन्ने आम युवा र सचेत नागरिक पूर्णतः निरुत्साहित भएको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ,' रास्वपाले भनेको छ ।

The RSVP concluded that Ghisingh was fired by the government under a series of intermediary protections

कान्तिपुर संवाददाता

Link copied successfully