धरौटीमा रिहा भएपछि रवि लामिछानेले भने : यो देशमा न्याय मरेको छैन

माघ २, २०८१

कान्तिपुर संवाददाता

After being released on bail, Ravi Lamichhane said: Justice is not dead in this country

काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले नेपालमा न्याय नमरेको प्रतिक्रिया दिएका छन् । सहकारी ठगी लगायतका मुद्दामा काठमाडौं जिल्ला अदालतबाट बुधबार धरौटीमा रिहा भएपछि लामिछानेले न्याय प्रक्रियालाई सघाएको बताए ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । आदेशअनुसार काठमाडौं जिल्ला अदालतमा धरौटी वापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएपछि लामिछानेले प्रतिक्रिया दिएका थिए ।

'म न्याय प्रक्रिया सघाउनका लागि आएको भनेको थिए, अदालतप्रति एकदम सम्मान व्यक्त गर्न चाहन्छु,' लामिछानेले भने, 'न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु । न्यायालयलाई विशेष धन्यवाद दिन चाहन्छु, यो देशमा न्याय मरेको छैन ।'

काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको मुद्दामा लामिछानेलाई धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो । गत आइतबार अदालतमा उपस्थित भएका लामिछानेको यसबीचमा बयान र थुनछेक बहस भएको थियो ।

सम्बन्धित समाचार :

कान्तिपुर संवाददाता

Link copied successfully