अहिलेसम्म भूकम्पबाट क्षति भएको भन्ने जानकारी आएको छैन : प्रहरी

पुस २३, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबार बिहान गएको भूकम्पबाट देशका कुनै ठाउँबाट मानवीय वा भौतिक क्षति भएको विवरण नआएको नेपाल प्रहरीले बताएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार देशभर प्रहरी परिचालन गरेर घटनाको जानकारी सङ्कलन गर्ने काम भइरहेको छ ।

उनले भने, 'अहिलेसम्म कुनै पनि मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । जानकारी तथा सूचना सङ्कलनको काम जारी छ। ' भूकम्पको झट्कापछि नागरिकमा केहीबेर त्रास फैलिएको भए पनि अहिलेसम्म देशभरबाट कुनै ठूलो क्षतिको रिपोर्ट प्राप्त नभएको प्रहरीले जनाएको छ । 

उनले भने, 'भूकम्पबाट के कस्तो असर परेको छ यसबारे प्रहरी प्रधान कार्यालयको कमाण्ड सेन्टरमार्फत देशभरका प्रहरी संयन्त्रलाई बिहानबाटै तैनाथ गरिएको छ ।'

आज बिहान ६:५० बजे नेपाल–चीन सीमामा ७ रेक्टर स्केल (प्रारम्भिक मापन) को भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले  जनाएको छ । 

कान्तिपुर

Link copied successfully