काठमाडौँ — आज देश-दुनियाँमा सार्वजनिक लेखा समिति सभापतिका स्वकीय सचिवमाथि ठगी मुद्दामा अनुसन्धान गर्न अदालतको परमादेश, गाउँनजिकै ताल छ भन्नुबाहेक केही नभएको रारा र फोक्सुण्डो आसपासका स्थानीयको गुनासोदेखि दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफलसम्मका खबर चर्चामा रहे ।
000
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव तथा एमाले मोरङ जिल्ला कमिटी सदस्य अनिलकुमार पोखरेलमाथि ठगी मुद्दामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले परमादेश जारी गरेको छ । राजनीतिक शक्तिको आडमा ठगीमा जाहेरी दर्ता गर्नबाट प्रहरीलाई रोक्न सफल रहेका पोखरेलविरुद्धको जाहेरी दर्ता गरी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङका नाममा उच्च अदालतबाट परमादेश जारी भएको हो ।
लेखा समिति सभापतिका स्वकीय सचिव पोखरेलमाथि ठगीमा अनुसन्धान गर्न उच्च अदालतको परमादेश
नेपालको सबैभन्दा ठूलो रारा तालको संरक्षणका लागि सरकारले ४९ वर्षअघि रारा राष्ट्रिय निकुञ्ज स्थापना गर्यो । २०३२ सालमा सरकारले छाप्रु बस्तीलाई हटाएर निकुञ्जको घोषणा गरेको थियो । निकुञ्ज स्थापनापछि त्यहाँबाट झन्डै ४ सय ५० परिवार बाँके र बर्दियामा विस्थापित भए । अहिले मध्यवर्ती क्षेत्रमा १० वटा इकाई समितिमा झन्डै ४४ सय १ परिवार आबद्ध छन् ।
रारा र फोक्सुण्डोआसपासका स्थानीय भन्छन् : हामीलाई गाउँनजिकै ताल छ भन्नुबाहेक केही भएन
नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबार र त्यसले चर्चेको जग्गाका विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रश्न उठेको छ । समितिको बिहीबार भएको बैठकमा सांसदहरूले उक्त जग्गाको विवादका सम्बन्धमा गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका हुन् । उनीहरूले शेरा दरबारको जग्गासँगै जग्गा अनियमिताका अन्य घटनामा छानबिन गर्नुपर्ने मागसमेत राखेका छन् ।
शेरा दरबारको जग्गाबारे संसदीय समितिमा उठ्यो प्रश्न
बझाङमा भएका दुई वटा छुट्टाछुट्टै जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बिहीबार राति साढे आठ बजे तिर तलकोट गाउँपालिकाबाट चैनपुर तिर आइरहेको से १ ज ८४३ नम्बरको जीप तलकोट गाउँपालिका–२ सुकगाडमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । शुक्रबार राति नै करिब नौ बजे तिर मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडा तर्फ आउदै गरेको सु.प.प्र.०१००१ ज १३९८ नं.को जीप कोटदेवल भन्ने ठाउँमा दुर्घटना हुँदा ४२ वर्षीय जीप चालक धर्म थापाको घटनास्थल मै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बझाङमा जीप दुर्घटना : चालकसहित पाँच जनाको मृत्यु
प्रहरीले महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल भएको छ । करिब छ घण्टा लामो संघर्षपछि दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योललाई पक्राउ गर्ने प्रहरीको कदम रोकिएको छ । युनको सुरक्षामा रहेको सेनाको टोलीले मानव पर्खाल बनाएर पक्राउ गर्न आएका प्रहरीको बाटो छेकेको कोरियाली समाचार संस्था योन्हापले जनाएको छ ।
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल
