एनपीएल फाइनल हेर्न दाहाल कीर्तिपुरमा

पुस ६, २०८१

कान्तिपुर संवाददाता

Dahal at Kirtipur to watch the NPL final

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल हेर्न प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखकलगायत नेता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुगेका छन् । 

एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ । उपाधिको प्रतिस्पर्धामा सुदूरपश्चिम रोयल्सले टस जितेर ब्याटिङ गरिरहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully