राजनीतिक दलहरू किसानका मुद्दामा त्यति नजोडिएको भन्ने लाग्दैन : पूर्वउपाध्यक्ष पौडेल 

कार्तिक ८, २०८१

कान्तिपुर संवाददाता

I don't think that political parties are so connected to farmers' issue: Former Vice President Paudel

काठमाडौँ — किसानका मुद्दामा राजनीतिक दलहरु अनभिज्ञ नरहेको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले चितवनमा आयोजना गरेको ‘चितवन चिन्तन’को दोस्रो सत्र ‘कृषिको केन्द्रमा किसानका मुद्दा’ मा बोल्दै पौडेलले किसानका मुद्दामा जानकारी हुँदाहुँदै पनि समाधान निकाल्न सजिलो नभएको उनले बताए ।

किसानको समस्या समाधानमा राज्य संवेदनशील हुँदाहुदै सबै समस्या समाधान हुन नसकेको उनले बताए ।  ‘सरकारले वार्षिक बजेटको सबै रकम खर्च गर्न सकेको छैन, राजश्वको लक्ष्य पूरा गर्न सकेको हुँदैन । त्यही भएर राज्यले  बजारबाट समाधान गरौं भन्छ,’ उनले भने, ‘राज्यसँग सबैलाई भुक्तानी गर्न फन्ड हुनुपर्‍यो राज्य भनेको कुनै भिन्न संरचना होइन ।’ 

किसानका समस्या समाधान गर्नकै लागि सरकारले २०५० सालेदेखि कृषि बिमा सहुलियत कार्यक्रम ल्याएको बताए । सरकारले पहिला कृषि बिमा शुल्कमा ५० प्रतिशत अनुदान दिएका थियो, अहिले ८० प्रतिशतसम्म पुर्‍यायौं,’ उनले थपे, ‘तर सरकारले अहिले कृषि बिमा अनुदानको पैसा भुक्तानी गर्न सकेको छैन ।’

कान्तिपुर

Link copied successfully