काठमाडौँ — संयुक्त राष्ट्रसंघ (यूएन) ले नेपालका बाढी र पहिरो पीडितहरुलाई ३४ लाख अमेरिकी डलरको आपत्कालीन सहयोग गरेको छ ।
यूएनको मानवीय मामिलासम्बन्धी संयोजकको कार्यालयले जारी गरेको सूचनाअनुसार उक्त रकम नेपालका बाढी र पहिरो पीडित जनतालाई उपलब्ध गराएको हो । उक्त सहयोग रकम करिब ४५ करोड रुपैयाँ हुन आउँछ ।
यस्तै, सहयोग रकम उल्लेख नगर्दै नेपालस्थित यूएन आवासीय संयोजकको कार्यालयले विज्ञप्ति जारी गरेको छ । जसमा बाढी र पहिरोपीडित कोशी किनारामा रहेका सुनसरी र सप्तरी जिल्लाका समुदायहरुलाई मानवीय सहयोग उपलब्ध गराएको हो ।
बाढी र पहिरो पीडितहरुले उक्त सहयोग यूएनको पूर्वानुमान कार्ययोजना निर्माणमार्फत नेपालको केन्द्रीय आपत्कालीन उद्धार कोषमा उपलब्ध हुनेछ ।
