एमालेले सरकारको राहत कोषमा ५० लाख रुपैयाँ दिने 

आश्विन १५, २०८१

कान्तिपुर संवाददाता

UML will give Rs 50 lakh to the relief fund of the government

काठमाडौँ — नेकपा (एमाले)को सचिवालय आजको बैठकले ५० लाख रुपैयाँ रकम नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रूपमा  १ अर्ब रुपैयाँ उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

एमालेको सचिवालय बैठकलगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आह्वान गरेका छन् । 

कान्तिपुर

Link copied successfully