माथिल्लो तामाकोशीमा पहिरोमा परेकाको पहिचान खुल्यो, अवस्था अझै अज्ञात

आश्विन १३, २०८१

केदार शिवाकोटी

Upper Tamakoshi landslide victim identified, condition still unknown

दोलखा — माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको हेडवर्क्समा रहेको विद्युत् सञ्चालन केन्द्रमा पहिरोमा परेका ४ जनाको पहिचान खुलेको छ ।

शनिबार दिउँसो पहिरोले विद्युत् सञ्चालन केन्द्र पुरिँदा त्यहाँ सुरक्षार्थ खटिएको गरुड दल गणका सैनिक नरेन्द्रबहादुर पाल र शंकर चन्दसहित विद्युत् केन्द्रमा कार्यरत नवलपरासीको प्रतापपुरका कृष्णप्रसाद चौधरी र दोलखाको विगु गाउँपालिका–१ स्यालुका ३० वर्षीय जयराम तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरू ४ जनाको अवस्था अझैसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ । उनीहरूको खाजी आइतबार बिहानदेखि सुरु गरेको प्रहरीले जनाएको छ ।


 


 



 

बाढी पहिरो

केदार

Link copied successfully