सप्तकोशीमा पानीको बहाव अझै घटेन

पश्चिमी तटबन्धमा लागेको कटान नियन्त्रणमा

आश्विन १३, २०८१

अवधेशकुमार झा

The flow of water in Saptakoshi still did not decrease

सप्तरी — निरन्तरको वर्षा रोकिए पनि सप्तकोशी ब्यारेजमा पानीको बहाव अझै उच्च नै छ । आइतबार विहान ६ बजेको मापनअनुसार कोशी ब्यारेज भएर ६ लाख ६१ हजार २ सय ९५ क्युसेक पानीको बहाव भइरहेको सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेलले बताए ।

ब्यारेजका सबै ५६ वटै ढोका खुल्ला नै छ । आइतबार बिहान सप्तरीका विभिन्न क्षेत्रमा घाम लागेको छ ।

यसैबीच कोसीको पश्चिमी तटबन्धमा लागेको कटान नियन्त्रणमा आएको छ । पश्चिमी तटबन्धअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका-१ कंकालिनी मन्दिरदेखि एक किलोमिटर उत्तरतर्फ सिपेज भई आइतबार रातिदेखी कटान सुरु गरेको थियो ।

भारतीय कोशी योजनाका प्राविधिकहरूले आइतवार मध्यराति नै बालुवा भरिएको बोरा हालेर सो कटान नियन्त्रणमा लिएका हुन् । 

बाढी पहिरो

अवधेशकुमार

Link copied successfully