राजविराज — वर्षा रोकिएपछि सप्तकोशी ब्यारेजमा पानीको बहाव निरन्तर घटन थालेको छ । आइतबार बिहान ९ बजेको मापनअनुसार कोशी ब्यारेज भएर ६ लाख २८ हजार १ सय क्युसेक पानीको बहाव भइरहेको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।
यद्यपि उच्च खतरा भने कायम नै रहेको छ । शनिबार बिहान ६ बजे ६ लाख ६१ हजार २ सय ९५ क्युसेक पानीको बहाव मापन गरिएको थियो ।
अझै ब्यारेजका सबै ५६ ढोका खुल्ला नै राखिएको छ । ब्यारेजको पुलमा सवारीसाधनको आवतजावत भने रोकिएकै छ ।
