प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता

आश्विन ७, २०८१

कान्तिपुर संवाददाता

Meeting between Prime Minister Oli and Prime Minister Togbe of Bhutan

न्युयोर्क,अमेरिका — संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका  प्रधानमन्त्री केपी शर्मा ओेली र भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच सोमबार भेटवार्ता भएको छ ।

उनीहरुबीच राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीले सोमबार साइडलाइन वार्ताहरू गरिरहेका छन् ।

कान्तिपुर

Link copied successfully