प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता 

आश्विन ७, २०८१

कान्तिपुर संवाददाता

Meeting between Prime Minister Oli and the Prince of Kuwait and Prime Minister Sabah

न्युयोर्क,अमेरिका — संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका  प्रधानमन्त्री केपी शर्मा ओेली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबीच सोमबार भेटवार्ता भएको छ ।

उनीहरुबीच राष्ट्रसंघका लागि कुवेतको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीले सोमबार साइलाइन भेटवार्ताहरू गरिरहेका छन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग पनि सोमबारै भेटेका छन् ।Meeting between Prime Minister Oli and the Prince of Kuwait and Prime Minister Sabah

कान्तिपुर

Link copied successfully