सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई पठाइयो

भाद्र ३१, २०८१

कान्तिपुर संवाददाता

The cooperative inquiry report was sent to the government for implementation

काठमाडौँ — सभामुख देवराज घिमिरेले सहकारी छानबिन संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पठाउने निर्देशन दिएका छन् । समितिका सभापति सूर्य थापाले सोमबार प्रतिवेदन प्रतिनिधिसभामा पेश गरे लगत्तै सभामुख घिमिरले सचिवालयलाई प्रतिवेदन सरकारलाई पठाउन निर्देशन दिएका हुन् ।

समितिले सोमबार नै प्रतिवेदन तयार गरी सभामा पेश गरेको थियो । सोमबार नै समितिले सर्वसम्मत पारित गरेको प्रतिवेदन सभापति सूर्य थापाले  बैठकमा पेश गरेका थिए । समितिले जेठ २३ गतेबाट काम थालेको थियो ।The cooperative inquiry report was sent to the government for implementation

समितिले ६६ वटा बैठक सञ्चालन गरेको थियो । बैठकले जिबी राईसहित २९ जनालाई समितिमा बोलाउन सहजीकरण गरिदिन भनिएपनि तर उपलब्धहरू मात्र बैठकमा ल्याएको थियो । ४५१ जना व्यक्तिहरूसँग जानकारी र सुझाव लिएको समितिका सभापति थापाले जानकारी दिए । उनले ५५ जनासँग सोधपुछ गरेका जानकारी दिए । फरार सूचीमा रहेका २ जनाहरूको भनाईलाई पनि समेटेको उनले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully