जेन-जी जङ्सन संवाद : ‘नेपाललाई नेपाल नै बनाउने कि सिंगापुर ?’

नेताहरूले देशलाई ‘सिंगापुर बनाउँछु’ भन्छन् । त्यसमा युवापुस्ताको असहमति छ । उनीहरू भन्छन्, ‘नेपाललाई नेपाल बनाउँछु भन्नुको साटो अरू नै देश बनाउँछु भन्ने नेताप्रति कसरी विश्वास गर्ने ?’

श्रावण २५, २०८१

सुजाता मुखिया

Jen-Ji Jungson Dialogue: 'Nepal will be Nepal or Singapore?'

काठमाडौँ — भविष्यमा के बन्ने ? युवाले सायदै ‘नेता बन्न चाहन्छु’ भनी जवाफ दिन्छन् । नेता बन्ने वा राजनीति गर्ने कुरामा पछिल्लो पुस्ता त्यति आकर्षित छैनन्, जति विद्यार्थी भिसा बोकेर बिदेसिनेमा छन् । उनीहरू भनिरहेका हुन्छन्, ‘देशमा केही हुन्न’ । भविष्यका कर्णधार भनिने युवामा आफ्नो देशप्रतिको मोह किन घट्दो छ ? राजनीतिलाई उनीहरूले कसरी बुझेका छन् ? नेता वा सरकारबारे के सोच्छन् ?

ग्लोबल कलेज अफ म्यानेजमेन्टमा अध्ययनरत प्रियाम्सु पुडासैनी भन्छिन्, ‘घरमा आमाबुबासँग समय बिताऊँ भन्दा उहाँहरू राजनीतिकै कुरा गरिरहनुहुन्छ । फलानोले यसो गर्‍यो, उसो गर्‍यो । वास्तवमा राजनीति भनेको के हो, मैले बुझ्न सकेकी छैन ।’ १७ वर्षीय रिजन  बजगाईं जेभियर इन्टरनेसनलमा ए लेभल पढ्दै छन् । रिजनलाई पनि नेपालको राजनीति बुझिनसक्नु लाग्छ । उनी भन्छन्, ‘हाम्रो राजनीति आसलाग्दो छैन । आज एउटा सरकार छ, भोलि अर्को । नेताहरूको बोलीको ठेगान छैन । त्यसैले हाम्रो राजनीति बुझिनसक्नु छ ।’

प्रशान्त लुइँटेल ग्लोबल कलेज अफ म्यानेजमेन्टका विद्यार्थी हुन् । १७ वर्षे प्रशान्त अस्थिर राजनीतिप्रति कटाक्ष गर्दै भन्छन्, ‘मलाई नेपालको राजनीति देखेर बिचरा भन्न मन लाग्छ । बेलुका सुत्ने बेलामा भएको पद बिहान उठ्दा हुँदैन । मन्त्री बनेर विदेश भ्रमणमा गएकाहरू घर फर्कनेबेला मन्त्रीबाट हटिसकेका हुन्छन् ।’ कक्षा १२ मा व्यवस्थापन विषय पढिरहेकी स्नेहा तामाङ भन्छिन्, ‘राजनीतिमा हामीले धेरै अपेक्षा गरेका थियौं । तर नेताहरू निजी स्वार्थका लागि लडिरहेका छन् । जनताबारे सोच्नुभन्दा पनि कुर्सी जोगाउने चिन्ता गरिरहेका छन् ।’ 

Jen-Ji Jungson Dialogue: 'Nepal will be Nepal or Singapore?'नेताहरूले देशलाई ‘सिंगापुर बनाउँछु’ भनी झूटको खेती गरिरहने उनको बुझाइ छ । उनी भन्छिन्, ‘नेताहरूको भाषण सुनेर पनि हाँसो उठ्छ, कहिले रिस पनि उठ्छ । नेपाललाई नेपाल बनाउँछु भन्नुका साटो अरू नै देश बनाउँछु भन्छन् ।’ राजनीति आफैंमा नराम्रो नहुने प्रशान्तको बुझाइ छ । उनी भन्छन्, ‘राज्यलाई चलाउने नीति नै राजनीति हो । यो नराम्रो हुने कुरै भएन । तर, हामीलाई राजनीति नराम्रो लाग्नुको कारणचाहिँ नेताहरूले गर्दा हो ।’ अस्थिर सरकार, बढ्दो बेथिति, भ्रष्टाचार, सामाजिक असुरक्षा आदिले गर्दा युवाहरू राजनीतिप्रति नै उदासीन रहेको उनको टिप्पणी छ । 

Jen-Ji Jungson Dialogue: 'Nepal will be Nepal or Singapore?'प्रियाम्सुलाई लाग्छ, हामीकहाँ नीतिभन्दा नियतिमा खोट छ । ‘कुनै पनि नेताले देशको विकास गर्छु, नेपाललाई यहाँ पुर्‍याउँछु भन्छन्’ उनी भन्छिन्, ‘वास्तवमा उनीहरू आफ्नो घर चलाउन, धन कमाउन आएका हुन् ।’ राज्यप्रतिको समर्पित र स्वच्छ मनले काम गर्ने नेता नभएकाले गर्दा हाम्रो देश ‘लथालिंग’ भएको उनको बुझाइ छ । राजनीति भनेको फुटबल खेल जस्तै ‘टिमवर्क’ हो । यसमा एक जनाको प्रयास मात्र काफी हुँदैन, सबैको उत्तिकै सार्थक सहभागिता जरुरी छ । तर, यहाँ देश बनाउनका लागि एकजुट हुनेभन्दा देश बर्बाद गर्नेमा मिलेमतो गर्ने उनीहरूको गुनासो छ । स्नेहा भन्छिन्, ‘एक जनाले मात्र विकास गर्छु भनेर साध्य हुँदैन । सबै मिल्नुपर्छ । मिल्न त मिलेका छन् तर आ–आफ्नो स्वार्थ पूरा गर्ने कुरामा मिलेका छन् ।’

Jen-Ji Jungson Dialogue: 'Nepal will be Nepal or Singapore?'पछिल्लो समय कतिपय नेता राम्रै काम गरिरहेको रिजनको बुझाइ छ । सबै नेतालाई एउटै टोकरीमा राखेर मूल्यांकन गर्न नहुने उनी बताउँछन् । रिजन भन्छन्, ‘बालेन शाह, हर्क साम्पाङ, गोपी हमाल जस्ता नेताहरूले राम्रै काम गर्न खोजिरहेका छन् । उनीहरूले भने अनुसार परिवर्तन पनि गर्दै छन् । तर, सांसदहरू, नेताहरू चाहिँ भाषण मात्र छाँटिरहेका छन्, काम गरेका छैनन् । रवि लामिछानेले धेरै कुरा गर्छु भनेका थिए तर उनले पनि केही गरेनन् ।’

सधैं उही मान्छे नेता बन्ने, उसैले भोट जित्ने, उही मन्त्री प्रधानमन्त्री बन्ने उपक्रमले गर्दा नेपालमा खास प्रगति हुन नसकेको प्रियाम्सु बताउँछिन् । उनी भन्छिन्, ‘एउटै मान्छे चार, पाँच पटकसम्म प्रधानमन्त्री बनेका छन् । तर, उनले देशका लागि के गरे भन्दा नतिजा केही देखिँदैन ।’ उनको बुझाइमा अब नयाँ पुस्ताले राजनीतिमा हस्तक्षेप गर्नुपर्ने उनको सुझाव छ । उनी भन्छिन्, ‘राजनीति वा नेता नराम्रो भन्ने मनोविज्ञानले गर्दा युवाहरूमा यस क्षेत्रप्रति रुचि कम छ । तर, राजनीतिलाई सही रूपले बुझाउने अभिभावक, छिमेकी, शिक्षा प्रणाली हुनुपर्छ र योग्य युवाहरू राजनीतिमा आकर्षित हुनुपर्छ ।’

Jen-Ji Jungson Dialogue: 'Nepal will be Nepal or Singapore?'

स्नेहा भन्छिन्, ‘सबै जना डाक्टर, इन्जिनियर, बैंकर मात्र होइन । देशको विकास गर्न, नीति निर्माण गर्न कुशल राजनीतिज्ञ चाहिन्छ । त्यसैले मलाई राजनीतिमा रुचि छ ।’ युवाहरूले राजनीतिलाई सही रूपमा लिएर उदाहरणीय काम गरे नयाँ पुस्ताले त्यसलाई अनुसरण गर्दै जाने उनको विश्वास छ ।

प्रशान्तलाई के लाग्छ भने नेपालको राजनीतिमा नीति र नियत दुवैमा खोट छ । यी दुवैलाई सुधार गर्न युवाहरू राजनीतिमा अग्रसर हुनुपर्छ । तर, युवा कसलाई भन्ने ? प्रशान्त भन्छन्, ‘राजनीतिमा युवा आउनुपर्छ भन्छौं । १६ देखि ४० वर्षको उमेर समूहलाई युवा भनिन्छ तर युवा भनेको उमेरले भन्दा पनि सोचले र विचारले हुन्छ ।’

Jen-Ji Jungson Dialogue: 'Nepal will be Nepal or Singapore?'‘युवा, युवा’ भन्नु पनि आफैंमा भ्रम रहेको उनको बुझाइ छ । उनी प्रश्न गर्छन्, ‘के उमेरले मात्र युवा हुन्छ ? राजनीति गर्न अनुभव चाहिँदैन र ?’ राजनीतिमा आफूले एक्लै सोचेर वा गरेर नसकिने उनको बुझाइ छ । ‘किनभने नेपालको संसद् नम्बरमा केन्द्रित छ,’ उनी भन्छ्न्, ‘बहुमत छ भने सबैथोक छ । बहुमत छैन भने केही गर्न सकिँदैन ।’ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भएमा मात्र काम गर्न सकिने उनको बुझाइ छ । उनी भन्छन्, ‘बालेन शाहले किन काम गर्न सकिरहेका छन् भने उनी एक्लो सिंगो व्यक्ति हुन् । मेयर भनेको वान मेन जस्तो हो ।’

रिजनलाई के लाग्छ भने राजनीतिमा आएर भएका नराम्रो कामलाई राम्रो बनाउने हो । उनी भन्छन्, ‘मलाई राजनीतिमा आउन मन छ । नेता बन्न मन छ । सुरुवात भनेको एक्लैले गर्ने हो । मैले राम्रो गरें भने सबै मेरो पछि आउनेछन् ।’

सुजाता मुखिया कान्तिपुरको नारी मासिकमा कार्यरत पत्रकार हुन् ।

Link copied successfully