गीताको ‘बजाउँदै चुरा’

श्रावण २५, २०८१

कान्तिपुर संवाददाता

Geeta's 'Bajaay Chura'

काठमाडौँ — नेपाली नारीहरूको महान् पर्व तीज नजिकिएसँगै तीजसम्बन्धी गीत सार्वजनिक हुने क्रम पनि बढेको छ । यसै क्रममा सारिका घिमिरेको स्वरमा नयाँ तीज गीत ‘बजाउँदै चुरा’ सार्वजनिक भएको छ । 

गीत गीता अधिकारीको शब्द र योगेश काजी शाहको संगीतमा तयार भएको हो । गीतको भिडियो प्रदीपकुमार रसाइलीको निर्देशनमा तयार गरिएको छ । मनोज परियारले मिक्सिङ/माटरिङ गरेको गीतको भिडियो अमृत चापागाईंको सम्पादन गरेका छन् भने सोमिक गौतमको सिनेमेटोग्राफी रहेको छ ।

भिडियोमा रमा थपलिया, प्रदीपकुमार रसाइली, मुना भुर्तेल र रेमोना लोहारले अभियन गरेका छन् । गीताका यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘श्वास फेरी’ जस्ता आधा दर्जन गीत सार्वजनिक भइसकेका छन् । गीतको भिडियो पीआर इन्टरनेन्टमेन्ट नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

कान्तिपुर

Link copied successfully