काठमाडौँ — आगामी आर्थिक वर्षदेखि सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल प्लाटफर्ममार्फत् गरिने विज्ञापनको सरकारले नियमन गर्ने भएको छ । मंगलबार संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले डिजिटल प्लाटफर्ममार्फत गरिने विज्ञापनलाई व्यवस्थित र नियमन गरिने बताएका हुन्
‘सामाजिक सञ्जाल र डिजिटल प्लाटफर्म प्रयोगलाई मर्यादित र व्यवस्थित बनाइनेछ,’ मन्त्री पुनले भने, ‘डिजिटल प्लाटफर्ममार्फत गरिने विज्ञापन नियमन गरिनेछ, डिजिटल प्लाटफर्मा मार्फत गरिने विज्ञपान क्षेत्रलाई एकद्वार प्रणालीमार्फत व्यवस्थित गरिनेछ ।’ सञ्चार माध्यमलाई उपलब्ध गराइने लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिने उनले बताए ।
फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्सजस्ता सामाजिक सञ्जाल मार्फत गरिने विज्ञापनको नियमनका लागि विज्ञापन बोर्डले विज्ञापन नियमावली २०८० कार्यान्वयनमा ल्याएको छ ।
