कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

रक्षा मन्त्रालयलाई ५९ अर्ब ८७ करोड बजेट

काठमाडौँ — सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा रक्षा मन्त्रालयको लागि ५९ अर्ब ८७ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्ने बताएका हुन् । 

रक्षा मन्त्रालयलाई ५९ अर्ब ८७ करोड बजेट

सरकारले हालसम्म राष्ट्रिय सुरक्षा नीतिलाई सार्वजनिक भने गरेको छैन । मन्त्री पुनले नेपाली सेनालाई दक्ष, प्रविधियुक्त र व्यावसायिक बनाइने बताए । उनले नेपाली सेनाको बंकरदेखि व्यारेकसम्म कार्यक्रमलाई एक अर्ब रुपैंया विनियोजन गरेको बताए । उनले राष्ट्रिय सेवा दल कार्यक्रमलाई स्थानीय स्तरसम्म विस्तार गरिने उल्लेख गरे ।

प्रकाशित : जेष्ठ १५, २०८१ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×