काठमाडौँ — सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा रक्षा मन्त्रालयको लागि ५९ अर्ब ८७ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्ने बताएका हुन् ।
सरकारले हालसम्म राष्ट्रिय सुरक्षा नीतिलाई सार्वजनिक भने गरेको छैन । मन्त्री पुनले नेपाली सेनालाई दक्ष, प्रविधियुक्त र व्यावसायिक बनाइने बताए । उनले नेपाली सेनाको बंकरदेखि व्यारेकसम्म कार्यक्रमलाई एक अर्ब रुपैंया विनियोजन गरेको बताए । उनले राष्ट्रिय सेवा दल कार्यक्रमलाई स्थानीय स्तरसम्म विस्तार गरिने उल्लेख गरे ।
